ताजा खबर

स्व.वि.यु. निर्वाचन सफल गर्न नेबिसंघ को आह्वान

पोखरा २, चैत

यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुलाई स्व.वि.यु.निर्वाचन सफल बनाउन सकृय रुपमा सहभागिता सहित आफ्नो नेतृत्व चयन गर्न नेपाल विद्यार्थी संघले अपिल गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ सूचना तथा प्रविधि संयोजक ई. यम कृष्ण पौडेलले बिधार्थीलाई स्व.वि.यु अपरिहार्य रहेको हुंदा सबै बिचार समुहका बिधार्थी नेतृत्वले गम्भिर भएर निर्वाचन सफल बनाउनुपर्ने बताएका छन् ।

बिभिन्न संघ संगठन विच आन्तरिक असहमति हुन सक्छन , तर विद्यार्थीको भविष्य ,नेतृत्व विकास र विद्यार्थी राजनीतिलाई गति दिनुपर्ने अवस्थामा हाम्रा मनमुटाव गौण हुन ई. पौडेलले अगाडी थपे” विद्यार्थी राजनितिलाई सहि दिशा प्रदान गर्न आवधिक स्व वि यु निर्वाचनको विकल्प छैन ।” भोलिको नेपाली राजनीतिमा अब्बल पुस्ता तयार पार्न पनि नेतृत्व विकास आवश्यक छ ।

यो या त्यो बहानामा चुनाव रोकिनु नहुने बताउदै उनले अमुक संघ संगठनहरु हारको मानसिकता बोकेर चुनाव भांड्न खोज्नु दुखद पक्ष रहेको आरोप समेत लगाए ।

Related posts