एक मिलियन अमेरीकी डलरको पुरस्कारको लागि पोखराबाट क्षेत्रिय छनौटमा स्क्वाडको समुह

पोखरा १६, फागुन

हल्ट प्राइज पृथ्वीनारायण क्याम्पसको आयोजनामा मंगलबार पोखरामा सम्पन्न भएको अन क्याम्पस प्रोग्राममा श्री वस्नम स्क्वाडको समुह प्रथम भएको छ । मंगलबार भएको अन्तिम चरणको प्रतिष्प्रर्धामा ७ समुहलाई पछि पार्दै श्री वस्नम स्क्वाडको टोली प्रथम हुदै साउथ एसियन क्षेत्रिय छनौट प्रतियोगिताको लागि भारतको मुम्बै जाने बाटो खुल्ला गरेको हो ।
सिउडीबाट लेदरको ज्याकेट र पर्स बनाउने रणनितीक कार्ययोजना पेश गर्दै प्रथम भएको उक्त टोलीमा अविशेक सुवेदी (कप्तान), आकास्मिक रानाभाट, विनिया न्यौपाने र बरदान ढकाल रहेका छन्। उक्त प्रतियोगितामा फेयरलेस लिडर दोश्रो र टिम एस.आर.आर तेश्रो भएको छ ।

उक्त प्रतियोगितामा असोक खड्का, अमनलाल श्रेष्ठ, अनमोल बज्र्रचार्य र मनमोन रिमाल निर्णायकमा रहेको आयोजक क्याम्पसका निर्देशक प्रचण्ड शक्ती गुरुङले बताए । त्रिभुवन विश्वबिद्यालय अन्र्तगतका बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउदै अनुसन्धान गरी प्रबद्र्धन गर्न उक्त कार्यक्रम हरेक बर्ष आयोजना हुने गरेको उक्त कार्यक्रमका सूचना अधिकारी स्वस्तिका श्रेष्ठले बताईन । क्षेत्रिय छनौटबाट पुन अर्को चरणको छनौट ग्लोवल एसिलेटरमा छनौट भए पश्चात वल्र्डका प्रतिष्प्रर्धीहरुसंग फाइनल चरणमा पेरिसमा प्रतिष्प्रर्धा हुने भएको उनले एटुजेडलाई जनाइन् ।

यदि विश्व प्रतिष्प्रर्धामा विजेता भएमा एक मिलियन अमेरीकी डलर पुरस्कारको साथमा उपाधि सहितका अन्य उपहार प्राप्त गर्ने छन् । यसैबिच, उक्त कार्यक्रमको गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले उद्घाटन गर्दै बिद्यार्थीहरुले आफ्नो प्रतिभा उत्कृष्ट रुपमा प्रर्दशन गर्नुपर्ने बताए । कार्यक्रमको संचालन वबिता तामाङ र अमिषा यादवले गरेका थिए ।

 

Related posts