नेपाली युवाको योगमा विश्व रेकर्ड

पोखरा, १४ माघ ।

योगको एक आसनमा नेपालका एक युवाले विश्व रेकर्ड कायम गरेका छन् । पर्वत स्थायी घर भइ पोखरा निवासी ३४ वर्षीय विक्रम खड्काले लामो समयसम्म वृक्षासनमा बसेर विश्व रेकर्ड कायम गरेका हुन् । गिनिज बुक अफ दि वल्र्ड रेकर्डस्मा उनले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेको रेकर्ड छ । सोको प्रमाणपत्र शनिबार पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुका साथै उनलाई सम्मान गरियो ।

लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रम अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र मनोक्रान्ति अभियन्ता डा। विकाशानन्दले उनलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मेयर आचार्य र डा। विकाशानन्दले एक नेपालीले कायम गरेको विश्व रेकर्ड अद्वितीय भएको बताए । विक्रम खड्काले नेपालीको पहिचान र नेपालको योग विश्वसामु परिचित गराउन थोरै भए पनि सहयोग मिलेकोमा खुसी व्यक्त गरे ।

अंग्रेजीमा ट्रि पोज भनिने यो आसनमा एक खुट्टा सहारामा उभिएर अर्को खुट्टा घुँडाभन्दा माथि राखी दुवै हात नमस्कार मुद्रामा जोडेर गरिने आसन हो । निकै कठिन हुने यो आसन खड्काले गत वर्ष काठमाडौंमा गरेका थिए । यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा १ घण्टा ६ मिनेटको थियो ।

२०६४ सालमा पनि उनले ५ घण्टासम्म गरेको शीर्षसन र २०६५ सालमा ४ घण्टासम्म गरेको त्राटक ९मैनबत्तीलाई एकटकले हेर्नु० लाई पनि गिनिज बुकले रेकर्डमा राखेको खड्काको दाबी छ ।
काठमाडौंमा अध्ययनको क्रममा उनी विकाशानन्दसँग नजिक भएका थिए । गोदाबरीस्थित आश्रममा विकाशानन्दसँग नियमित योगाभ्यास गरेपछि उनलाई गिनिजमा नाम लेखाउने रहर जागेको बताए । उनी न्यु लाइफ आयुर्वेद प्रालिका संचालक समेत हुन् ।

Related posts