ताजा खबर

पोखराका २० वटा संस्थाद्वारा तमुधिं यूकेका नवनिर्वाचित कार्यसमितिलाई सामूहिक स्वागत

पोखरा, २ माघ

नेपाल भ्रमणमा आएको तमुधिं यूकेका नवनिर्वाचित कार्यसमितिलाई पोखरामा २० वटा संस्थाले सामूहिक रुपमा स्वागत, सम्मान र बधाई ज्ञापन गरेका छन् । हालै पोखरामा आयोजित कार्यक्रममा पोखरामा सक्रिय तमु संस्थाहरु, खेलकुद संघ संस्था लगायत २० वटा संघ संस्थाका अध्यक्ष, प्रतिनिधिले तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ सहित पदाधिकारी, कार्यसमिति सदस्य र टोलीमा सहभागि सल्लाहकार, संस्थापक र निवर्तमान अध्यक्ष लगायतलाई स्वागत सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्पूर्ण संघ संस्थाको तर्फबाट तमु धीं नेपालका अध्यक्ष हुम तमुले आफ्नो मन्तब्य दिएका थिए भने तमु धीं युकेका अध्यक्ष हरी गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा स्वागत नृत्य हिमाली साँस्कृतिक परिवारले प्रस्तुत गरेका थिए । तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर तमु९गुरुङ०ले उक्त सस्थाले नेपालको विभिन्न सामाजिक कार्यमा सहभागि हुदै आएको बताए । तमु धीं युकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले विदेशबाट आउने उक्त टोलीलाई संस्था नै पिच्छे वोलाउदा समय व्यस्तताको कारण सबैलाई एकै मञ्चमा भेटघाट गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

तमुधिं यूकेको टोली शुक्रबार नेपाल आइपुगेको हो । तमुधिं यूकेमा डिसेम्बर अन्तिममा नयाँ कार्यसमिति चयन भएको थियो ।

 

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *