ताजा खबर

पोखरामा भोलि (बुधबार) स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच हुने मैत्रिपूर्ण फुटवलको तयारी पूरा

पोखरा १२, पुष

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा बुधबार दिउँसो २ः३० बजे पछि हुने उक्त मैत्रिपूर्ण फुटवल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष र्कालोसले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । उनले भने “स्पेनको ंमिडिया सहित काथेरेन्यो क्लब नेपालमा फुटबल खेल्न आउनु भनेको नेपाललाई विश्वले अझ नजिकबाट चिनाउन यसले मद्धत पुग्छ । ”

काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुयलले काथेरेन्यो क्लब स्पेनको बि डिभिजनको माथिल्लो स्तरको क्लब भएको दाबी गर्दै अब ए डिभिजनको लागि तयारी गरेको क्लव भएको जनाए । आफुहरुसंग व्यवसायिक फुटबलर भएकोले पोखरामा भोलि हुने मैत्रीपुर्ण फुटबल प्रतियोगितामा उत्कृष्ट हुने अध्यक्ष जोसे म्यानुयलले बताए ।
अब आउने जनवरी ४ मा किङस कपमा रियल म्याड्रिड संग खेल्ने टीम भएकोले गण्डकी ११ संग हुने मैत्रीपुर्ण खेल निकै प्रतिष्प्रर्धा हुने काथेरेन्यो क्लबका प्रशिक्षक खुलिओ जुलियो कोबोसले बताए । घरेलु टिम गण्डकीसंग आफुहरुले जित निकाल्ने गरी खेल्ने रणनितीमा भएको समेत उनले जनाए ।

गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले केही दिन देखि उक्त खेलको लागि तयारीमा रहेकोले आफुहरुले आफ्नो घरेलु मैदानको भरपूर्ण रुपमा फाइदा लिने गरी खेल्ने तयारी गरेको बताए । आफुहरुसंग राष्ट्रिय टिमका पूर्व खेलाडी तथा युवा खेलाडीहरु भएकोले आफ्नो टिम निकै सन्तुलित भएको उनले जनाए ।
गण्डकी ११ का टीम कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्ट मध्यको एक क्लवसंग पोखरामा फुटवल खेल्न पाउनु खेलाडी र दर्शकहरुको लागि ठुलो उपलब्धि भएको बताए । उनीहरु संगको मैत्रीपुर्ण फुटबल खेल्नाले केही सिप तथा ज्ञान हासिल गर्न सकिने उनले जनाए ।

स्पेनका पुर्व राष्ट्रिय खेलाडी मिचेलले भोलि हुने खेल रोमाञ्चक हुने बताउदै समय तालिका टाइट भएकोले अहिले घुम्न नपाए पनि पछि घुम्नकै लागि आउने बताए । मैत्रीपुर्ण फुटबल अवलोकन गर्नको लागि दर्शक शुल्क ५ सय रहेको आयोजकले जनाएको छ ।
उक्त मैत्रिपूर्ण फुटवल खेल “शान्तिको लागि फुटबल”भन्ने मुल नाराका साथ आयोजना हुन लागेको फुटबल प्रतियोगिताको लागि पोखरामा आज बिहान ५५ जनाको जम्बो टोली पोखरा आईपुगेको फाउन्डेसनका महासचिव एक राज गिरीले बताए । कास्की जिल्ला फुटवल संघको सहकार्यमा, गण्डकी प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो ।
काठमाण्डौं देखि हवाई उडान हुदै पोखरा आएको स्पेनको ५५ सदस्य एक टोलीलाई पोखरा विमानस्थलमा पोखराका विभिन्न संघ संस्था तथा खेलकुदकर्मीले खादा तथा माला लगायर टोलीलाई स्वागत गरेका थिए । स्पेनको उक्त टोलीले विहिबार भने काडमाण्डौं ११ संग दशरथ रंगशालामा मैत्रिपूर्ण फुटवल खेल खेल्ने भएको पूर्व खेलाडी सुन्दर थापाले बताए ।

 

Related posts