ताजा खबर

मैत्रिपुर्ण फुटवल खेल्ने स्पेनको टोली भोलि पोखरा आउने

जीवन बराल
पोखरा ११, पुष

विश्वकप र युरोकप जस्ता ठुला प्रतियोगितामा सहभागि भएका खेलाडीहरुको टिम पोखरामा मैत्रिपुर्ण खेल खेल्न मंगलबार (भोलि) आउने भएको छ । स्पेनको ५५ सदस्य एक टोली मैत्रीपुर्ण फुटबल खेल्ने तयारी स्वरुप नेपालको लागि स्पेनबाट हिडी सकेको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

उक्त टोली नेपालको अन्तराष्ट्रिय विमानस्थलमा भोलि बिहान आईपुग्ने भएको छ भने पोखरा करिब १२ः०० बजे हवाई उडान हुदै आउने भएको फाउन्डेसनका महासचिव एकराज गिरिले बताए ।स्पेनको टोलीले पुस १३ गते गण्डकी ११ संग पोखरा रंगशालामा र पुस १४ गते काठमाडौमा मैत्रीपुर्ण फुटबल खेल्ने भएको स्पेन फुटबल फेडरेसनका उपाध्यक्ष पनि रहेको फाउन्डेसनका महासचिव गिरिले बताए ।

लुम्बिनी गार्डेन फाउन्डेसनले पहिलो पटक नेपालमा आयोजना गर्न लागेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा सहभागि हुन लागेको स्पेनको काथेरेन्यो फुटबल क्लबले पुस २० गते व्यवसायिक फुटबल क्लब रियलम्याड्रिड संग प्रतिस्पर्धा गर्ने क्लब हो ।

स्पेनको टोली भोलि नै पोखरा आइपुग्ने र दिनको २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
पोखरा रंगशालामा आयोजना हुन लागेको यो मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सहकार्य गरि रहेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जितले तयारी पुरा भएको बताए ।

स्पेनबाट विश्वकप र युरोकप खेलेका जुलिओ सालिनास पोखरामा मैत्रीपुर्ण फुटबल खेलेर हिमाल आरोहणमा जाने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।

 

Related posts