ताजा खबर

एनआरएनए एशिया प्यासिफिकको टोलस्ी सहारा एकेडेमीमा

पोखरा, १२ मंसिर ।

एनआरएनए एशिया प्यासिफिक उप–संयोजक ददिवल खड्का नेतृत्वको टोलीले सहारा क्लब एकेडेमीको अवलोकन गरेको छ । मंगलबार खड्का, एनआरएन आइसिसी सदस्य नरबहादुर थापा, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली सहितको टोलीले एकेडेमीको अवलोकन गरेको हो । उनीहरुलाई सहारा क्लब परिवारले स्वागत गरेको थियो ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबको क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गर्दै टोलीले प्रवासबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, खेलाडी मुकुन्द निउरे लगायतले बस्तुस्थितिबारे जानकारी गराएका थिए । पोखरा १७, दोबिल्लामा रहेको एकेडेमीमा हाल १३ जना बालक आश्रित छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *