समानुपातिकामा माओबादीलाई पछि पार्दै रास्वपा, एमालेको २५ लाख नजिक

काठमाण्डौं, १२, मंसिर

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य तर्फ भएको निर्वाचनको मत परिणाम सार्वजनिक भई रहदा हालसम्म यसै बर्ष उदय भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ तेश्रो पार्टीको रुपमा रहेको माओबादीलाई समेत पछि पारेको छ ।

समानुपातिक तर्फ नेकपा एमालेले करिब २५ लाख नजिक पुगेको छ भने प्रत्यक्ष तर्फ हालसम्म अग्र स्थानमा रहेको कागेंसले भने साँढे २३ लाख मत ल्याएको छ । करिब ८० प्रतिशत मत परिणाम सार्वजनिक हुदा एमालेले २४ लाख ७८ हजार ५ सय ४४, कागेंसको २३ लाख ५६ हजार १ सय ९० मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ माओबादीलाई उछिन्दै १० लाख ४८ हजार ९ सय ३ मत ल्याउदा माओबादी केन्द्रको भने १० लाख ३७ हजार २ सय २७ मत ल्याएको छ ।

हालसम्म करिब ९० लाख मत गणना हुँदा एकिकृत समाजबादीले २ लाख ४१ हजार ८ सय ५७, राप्रपाले ५ लाख ३७ हजार ८ सय १, जनता समाजबादीले ३ लाख ९ हजार ५ सय ८६, लाकतान्तिक समाजबादीले १ लाख २४ हजार ११, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७ सय ७२ मत ल्याउदा राष्ट्रिय जनमोर्चाले ४३ हजार १ सय २४ मत ल्याएको छ ।

प्रत्यक्ष तर्फ १ सय ६५ सिट मध्य हालसम्म कागेंसले ५३, एमालेले ४२, माओबादी केन्द्रले १७, एकिकृत समाजबादीको १०, राष्ट्रिय स्वतन्त्र पाटी, जनता समाजबादी पार्टी र राप्रपाले समान ७, ७ सिट आफ्नो पोल्टामा पार्न सफल भए । लोकतान्तित्र समाजबादीले ४, नागरिक उन्मुक्तिले ३, जनमोर्चाले १, जनमत पार्टीले १, नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन्।

Related posts