ताजा खबर

गठबन्धनका उमेदवार हार्दा मुलुककै हार हुन्छः उमेदवार बराल

पोखरा ११, कार्तिक

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धनका उमेदवारहरु हार्दा मुलुकै हाल हुने बताए । पोखरा २५ हेमजाको गठबन्धनको सम्पर्क कार्यालयको शुक्रबार एक समारोहका बिच उद्घाटन गर्दै उक्त कुरा बताए । यही मंसिर ४ गते हुने यसपालीको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रतिगमन बिरुद्ध भएकोले एक उमेदवार हार्दा प्रदेश र संघ सरकार गठन प्रकृयामा समेत असर पर्ने जसले गर्दा भोलिका दिनमा काम गर्न कठिन भएकोले गर्दा पनि गठबन्धनमा सबै उमेदवारहरुको जित सुनिश्चित गर्न पाँच दलका नेता तथा कार्यक्रम जुट्न उमेदबार बरालले आग्रह गरे ।

जनतासंगको पहिलो चरणको भेटघाट कार्यक्रममा केही कमीकमजोरी भए पनि त्यसलाई सच्चाई महागठबन्धनको महाअभियानमा लागेर जित्नुको विकल्प नभएको उनको भनाई थियो । माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले प्रतिगम बिरुद्ध देशका असल राजनीतिक दल र जनताहरु अब एक हुनु पर्ने बताए ।

गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(१) का प्रत्यासी प्रदेश सभा सदस्य दुर्गादत्त भण्डारीले जबसम्म प्रप्त उपलब्धिहरुलाई संंस्थागत गर्न सकिदैन र प्रतिगमनलाई परास्थ पार्न सकिदैन तवसम्म गठबन्धन आवश्यक भएको दाबी गरे । देशमा राजनीति स्थायित्व कायम गर्न, विकास निर्माण र रोजगारको अवसर सृजना गर्न पनि गठबन्धनको जित आवश्यक भएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाली कागेंसका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले नेकपाको नेतृत्वमा बहुमतको सरकार भए पनि केपी शर्मा ओलीको प्रवृत्तिका कारण गठबन्धन आवश्यक भएको बताए । पोखरा २५ कागेंसका सभापति एवं निर्वाचन कमिटिका संयोजक मधुशुधन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारी, सचिव बिष्णु बाँस्तोला लगायतले वोलेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका समानुपातीक तर्फका प्रदेश सभा सदस्यका उमेदवार तम बहादुर रोक्का र रितादेवि घर्तीमिरे बि.क., नेकपा समाजबादीका समानुपाती तर्फका प्रदेश सभा सदस्यका उमेदवार अनिता परियारको समेत सहभागिता रहेको थियो ।

यसैबिच, उमेदवारहरुले शुक्रबार पोखरा २५ हेमजा क्षेत्रमा जनतासंग भेटघाट गरेका थिए । प्रतिनिधि सभाका उमेदवार एवं मन्त्री बरालको पहलमा हेमजाबासीलाई पानी उपलब्ध गराएकोमा प्रशंसा गर्दै स्थानियले सुइखेतखोला दिगो रुपमा व्यबस्थापना गर्न र खोलामा पुल सहितका भित्रि सडक निर्माण गर्न मन्त्री समक्ष माग गरे ।

 

Related posts