ताजा खबर

नेपाल सम्वतको अवसरमा पोखरामा निकालिएको ¥याली (फोटो फिचर)

पोखरा ९, कार्तिक

नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४३ को स्वागतार्थ पोखरामा बुधबार बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आहृवान बुधबार पोखराको रानीपौवाबाट सुरु भएको ¥याली महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, हुदै नेवाःछे (भवन) मा पुगेर समापन भएको थियो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वत (नयाँ वर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष निकालिने ¥यालीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । ¥यालीमा झाँकिसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त ¥यालीमा पोखरा महानगरका मेयर धनराज आचार्य, पोखराका वडा अध्यक्षहरु लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको फोटो राखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । पोखरामा नेवारी भेषभुषा लगाएर कार्यक्रममा सहभागि बिरलै मात्र देख्न सकिन्छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए ।

आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्धेश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । नेपाल सम्वतलाई सबै नेपालीले यसको महत्व बुझ्न उनले आग्रह गरे ।

Related posts