ताजा खबर

कास्कीकोटमा पानीको समस्या समाधान गछौंः प्रत्यासी उमेदवार बराल

पोखरा ८, कार्तिक

पोखरा २४ कास्कीकोटका स्थानिय बासिहरुले चर्को रुपमा उठाउदै आएकोे एक मात्र मुद्धा खानेपानी तर त्यसको समस्या समाधान अझै हुन सकेको छैन्। कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र ३(२) प्रदेश सांसदका प्रत्यासी उमेदवार प्रकाश बराल लगायतको टोली कास्कीकोटका जनताको घरमा पुग्दा अधिकांश जनताको पहिलो माग भनेकै पानी रहेको छ ।

 

जनताको गुनासो सुन्दै भेटघाट कार्यक्रममा निस्केका प्रत्यासी संघ र प्रदेशका उमेदवार द्धय बरालहरुले जनताको पहिलो माग पूरा गर्न प्रदेश र संघिय सरकारबाट पहल र प्रयत्न गरी दुई बर्ष भित्र कास्कीकोटमा पानीको समस्याको समाधान गर्ने बताएका छन््। गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका नेता जीवनले सराङकोटमा जसरी अब कास्कीकोटमा पनि पानीको अभाव हुन नदिने बताए ।

आफुलाई जनताले पुनः विजयी गराउनेमा विशोस्त हुदै उनले जनताको पहिलो प्रथामिकताको आधारमा आफुहरुले काम गर्ने जनाए । सिमित श्रोत साधानको बाबजुत पनि प्रदेश सरकारले सडक संजालमा बढी केन्द्रित भएकोले खानेपानी जस्तो सम्बेधनशिल बिषयमा अबका जनप्रसतिनिधिहरु थप जिम्मेवार हुनु पर्ने उनको भनाई थियो । बृहत खानेपानी योजना, सडक संजाल, लिफ्टीङ खानेपानी योजना लगायतका बिषयमा आफुहरुको ध्यान जाने नेता बरालले बताए । कास्कीकोटमा बृन्दावन बनाउने अवधारण राम्रो भएको उनले बताए ।

प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार प्रकाशले पुम्दीभुम्दी, सराङकोटमा पनि पानीको कास्कीकोट जस्तै समस्या भएकोले अब कास्कीकोट लगायतका क्षेत्रमा पानीको समस्या समाधान गर्न आफुहरुले पहिलो प्रथामिकता दिने बताए । उनले स्थानियसंग भने “ तपाईहरुले पानीको लागि भोग्नु भएको दुःख कष्ट हामीले बुझ्छौं, यसपाली हामीलाई विजयी गराएमा अर्काे पटक हामी आउदा तपाईहरुको घर घरमा धारा आउछ, ल बा, आमा हामीलाई आर्शीरबाद दिनुहोस । ” स्थानिय माधव शर्माले जनताको पहिलो माग भनेकै पानी भएकोले त्यसलाई सम्बोधन गर्न आगन्तुक नेता तथा कार्यकर्तालाई आग्रह गरे । गठबन्धनमा केही आशा भएको उल्लेख गर्दै उनले आफुहरुको जित भएमा पानीको समस्या समाधान हुने बताए । बर्षायाममा बाहेक अन्य समयमा घण्टौं लागेर पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानिय लक्ष्मी थापाले गुनासो गरिन्।

Related posts