ताजा खबर

गठबन्दनका उमेदवारलाई आफ्नै उमेदवार मानेर मतदान गर्न युवा नेता गुरुङको आग्रह

पोखरा ७, कार्तिक

नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले गठबन्धनका उमेदवाहरुलाई कागेंसका नेता तथा कार्यकर्ताले आफ्नै उमेदवार सम्झेर मतदान गर्न आग्रह गरेका छन्। ५ दलीय गठबन्धन पोखरा ६ को वडा सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दैै अध्यक्ष गुरुङले गठबन्धन हार्दा देशले नै हार्ने हँुदा गठबन्धनका उमेदवारहरुलाई कागेंसकै उमेदवार सम्झेर मतदान गर्न आग्रह गरेका हुन्।

आगामी मंसिर ४ को निर्वाचन निरंकुश बिरुद्ध लडाईको आन्दोलन भएको उल्लेख गर्दै अध्यक्ष गुरुङले सम्पुर्ण गठबन्धनका उमेदवारहरुको अभियानमा एक जुट हुन आग्रह गरे । यसपालीको निर्वाचनबाट निरंकुश बादीहरुलनाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नु पर्ने उनको भनाई थियो । एकिकृत समाजबादीका समानुपातिक उमेदवार रत्ना गुरुङले देशमा राष्ट्रिय एकताको लागि गठबन्धन आयश्यक भएको बताइन्।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवनले मुलुकको हितको लागि पवित्र गठबन्धन भएको दाबी गरे । जसले आफुहरुलाई अपवित्र गठबन्धन भन्ने गरेका छन उनीहरु नै वास्तवामा अपवित्र गठबन्धन गर्ने गरेको उनको आरोप थियो ।

कास्की क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार प्रकाश बरालले युवाहरुलाई स्वदेशमै राख्ने गरी बृहत योजना ल्याउनु पर्नेमा जोड दिए । पोखरा सहित यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको खोजी गरी एग्रो पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उनले बताए । निर्वाचन परिचालन कमिटि संयोजक सन्तोष पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सहसचिव कृष्ण आचार्यले बताए ।

 

Related posts