ताजा खबर

पोखराका फेन्सी पसलमामहानगरको अनुगमन, दुई पसललाई जरिवाना

पोखरा, ४ कार्तिक ।
पोखरा महानगरपालिकाले फेन्सी पसलमाअनुगमन गरेको छ । पोखरा महानगरपालिका उपप्रमुख एवं उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार फेन्सी पसलमाअनुगमन गरिएको हो ।अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्लाअधिकारी गुरुदत्त ढकाल, आन्तरीक राजस्वकार्यालय पोखराका ठाकुर सुवेदी, घरेलुकार्यालय पोखराका हेमराज बराल, जिल्ला प्रशासनकार्यालय कास्कीकाशिव प्रसाद गौतम, पोखरा महानगर उपभोक्ताहित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेल, महानगर सहकारी शाखाकाऋषिराम सापकोटा र पत्रकारहरुको सहभागीता रहेको थियो ।
पोखरामाखाद्यान्न, तरकारी, फुलफुलहोटल लगायतका क्षेत्रमाअनुगमनभएपनि फेन्सी पसलमाभने पहिलो हो । फेन्सी पसल माग्राहकहरु ठगिएको गुनासो आउने गरेको भन्दै अनुगमनगरिएको महानगरपालिकाउपोक्ताहित संरक्षण समितिका सदस्यसचिव भरतराजपौडेलले जानकारी दिनुभयो ।
अनुगनकाक्रममा ब्यवसायदर्ता विना सञ्चालनभएका,दर्ता भएपनिनविकरण नभएको भेटिएको र खरिद विलनभएको फेला परेको सदस्यसचिवपौडेलले बताउनुभयो । ‘केहीपसलमहानगर, घरेलु, आन्र्तरीक राजस्वकार्यालयमादर्ता नभएको पाइयो ।’ अनुगमनकाक्रममापोखरा ट्रेड मलभित्र सञ्चालितदुई पसललाई जरिवाना समेत गरेको छ । ग्लोजमकुर्था पसल र सुस्मीन एण्ड सुशान्तस्टोर्सलाई पाँच÷पाँचहजार रुपैयाँ जरिवाना गरेको हो । ग्लोजमले कपडा खरिद बिलनभएको र विनादर्ता सञ्चालनभएको भेटिएपछि जरिवानागरिएको महानगरका सहकारी शाखाकाऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सुस्मीन एण्ड सुशान्तस्टोर्सले विल काटदादेखि वीचमाविल छुटाएर काटेको, व्यवसायनविकरण नगरेको र ग्राहकलाई समेत विलनदिएको पाइएकाले जरिवानागरिएको सापकोटाले जानकारी दिनुभयो ।त्यस्तै सलोनीइम्पोरियम, जिएलके क्लोसेट क्लाउड, एनडी सर्पिङ्ग सेन्टरमाखरिद विलनभएको, ब्यवसायदर्ता नभएको पाइएकाले उनीहरुलाई खरिद र विक्रीविल सहित जिल्ला प्रशासनकार्यालय कास्कीमा उपस्थित हुन निर्देशनदिइएको उपभोक्ताहित संरक्षण समितिका सदस्य सचिव भरतराज पौडेलले बताउनुभयो ।यतापोखराकोचिप्लेडुंगामा सञ्चालितयूएफओमाखरिद विलनभएको भेटिएकाले जिल्ला प्रशासनकार्यालय कास्कीबोलाइएको छ ।पोखरा महानगरका उपप्रमुख एवं उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले फेन्सी पसलमाअनुगमन गरेको बताउदै भन्नुभयो,‘ब्यवसायीले खरिद विलनलिने र विक्रीविलपनिनदिले गरेको भेटियो ।सबै व्यवसायीको समस्या एउटै देखियो ।यो समस्या समाधानगर्न सरोकारवालानिकायसंग बसेर छलफल गछौँ ।’
जिल्ला प्रशासन कार्यालय कास्कीका शिवप्रसाद गौतमले काठमाडौबाट ल्याउने सामानको विलकमजारी गर्ने र महंगोमाविक्री गरेको पाइएको बताउनुभयो । उहाँले कमविलजारी गर्ने र महंगोमाविक्रीगर्ने समस्या सबै ब्यवसायीकोमा देखिएकाले यस बारे छुटटै छलफल गरेर दिर्घकालिन रुपमा समाधानगर्नुपर्ने देखिएको छ ।पोखरा महानगरले दशैअघि पोखरामा सञ्चालिनमासु, खाद्यान्न र दशैलाई लक्षित गरेविक्री कालागिबाहिरि जिल्लाबाट ल्याइए काच्यांग्राको अनुगमन गरेको थियो ।

Related posts