ताजा खबर

‘देशको अस्तित्व जोगाउन एमालेलाई मत’–एमाले उम्मेदवार कार्की

पोखरा, ३ कात्तिक

आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (क) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले देशको अस्तित्व रक्षाको लागि एमालेलाई मत दिन मतदातालाई आग्रह गरेका छन् । पोखरा वडा न ७ मा एमाले निर्वाचन परिचालन कमिटिको कार्यालयको विहिवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको जगेर्ना र देश विकास एमालेले मात्रै गर्न सक्ने कुरा विगतका सरकारहरूलाई मात्रै हेर्दा पनि प्रमाणित भैसकेको हुँदा आम जनतालाई आफ्नो पाटीलाई मतदान गर्न आग्रह गरे ।

कार्कीले देशको स्वाभिमान उचो बनाउनेतर्फ र अधुरा विकासको पूर्णताको लागि आफू चुनावी मैदानमा आएको प्रष्ट पारे । निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै एमाले केन्द्रिय सदस्य कृष्ण थापाले थापाले एमाले विकासको अर्को पर्याय र देश विकासको एक मात्रै निर्विकल्प पार्टी भएको जिकिर गरे।
गठबन्धन मार्फत भ्रष्टाचार र लुटतन्त्रका लागि आएकाहरूलाई कास्कीमा जनमतले नै त्यसको जवाफ दिने बताए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य मिनाकुमारी गुरुङ, एमाले गण्डकी प्रदेश उपसचिव रश्मी आचार्य कास्कीका कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर वडा कमिटी ७ का अध्यक्ष किशोर बराल,उपाध्यक्ष शारदा गिरी, सचिब गणेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

एमाले पोखरा २१ को निर्वाचन परिचालन कार्यालय उद्घाटन ‘एमालेको गठबन्धन जनतासँग’–एमाले केन्द्रिय सदस्य थापा
नेकपा एमाले प्रदेश सभा सदस्य निर्वाचन कास्की क्षेत्र न २ (क) अन्तर्गत पोखरा महानगरपालिका वडा न २१ को निर्बाचन परिचालन कमिटिको कार्यालय विहिवार उद्घाटन गरिएको छ । कार्यालयको एमाले केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले उद्घाटन गरेका हुन् ।
उनले एमाले जनताको अपार मायाले स्थापित पार्टी भएको हुदा एमालेको गठबन्धन जनतासँग रहने बताए । थापाले एमाले बाटै राजकिय सुबिधा खाएर अहिले पाटीलाई नै धोका दिएर जानेहरू अनेक रूप फेरेर जनताको घर दैलोमा आउनेहरूलाई भोट नदिन आग्रह गरे ।
उनले भुलबस अन्यत्र यात्रा गरेकाहरू घर फर्कने क्रम तिव्र्र भएको भन्दै अझै अलमलमा परेकाहरूलाई निर्वाचन अगावै एमाले फर्कन आग्रह गरे।
कार्यक्रममा सो क्षेत्रका एमाले उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेसशको छुट्टै विशेषता भएको यसको प्राकृतिक,सांस्कृतिक लगायत अन्य क्षेत्रको सन्तुलित विकासमा विशेष ध्यान दिदै समृद्धिको अभियान अघि बढाउने बताए ।
उनले जनजिविका सहज हुने गरी आधुनिक प्रविधिमा आधारित व्यवसायिक कृषि , रोजगार सिर्जना , महिला शसक्तिकरण, ससक्त युवाको सिर्जना र सो क्षेत्रको पर्यटकीय विकास प्राथमिकतामा राख्ने बताए ।
कार्यक्रममा समानुपातिक तर्फ प्रदेश सभा सदस्य पदका उम्मेदवार डा. छममाया पून, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य युवराज पौडेल,रिटर्निज फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष चन्द्रबहादुर रोकाहा, एमाले जिल्ला कमिटी कास्कीका कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी,सचिवालय सदस्य हिरा गिरी, एमाले पोखरा २१ का वडा अध्यक्ष राजेन्द्र थापा, उपाध्यक्ष खगराज न्यौपाने,वडा सचिव रोशन भट्टराई लगायतले बोलेका थिए ।

नेकपा एमाले पोखरा १७ को निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन

नेकपा एमाले पोखरा १७ को निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।
उक्त कार्यालयको प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (क) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले उद्घाटन गरेका हुन् । कार्कीले देश हाक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको प्रष्ट पारे । उनले आफ्नो पार्टीले कहिल्यै पनि झुटा आश्वासन नबाडेको र बोलेका कुरा पूरा गरेरै छोडेको उल्लेख गरे । उनले विकासका योजना निरन्तर अगाडि बढाउदै नयाँ विकासको खाका लिएर आफू आएको भन्दै ती योजना समेत सुनाएका थिए ।
कार्यक्रममा नेकपा एमाले गण्डकीका उप सचिव रश्मी आचार्यले एमाले सरकारको जनमुखी विकास देखि अत्तालिर सत्ताबाट हटाइएको भन्दै जनताको मनको साथले अब बहुमतको सरकार निर्माण हुने उल्लेख गरे । उक्त कार्यक्रममा एमाले पोखरा १७ का अध्यक्ष ऋषब तिमिला,उपाध्यक्ष लालबहादुर राना, सचिव उत्तम सिग्देल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Related posts