ताजा खबर

कागेंसकै उमेदवार समानेर जीबनलाई मतदान गर्न सभापति गुरुङको आग्रह

पोखरा ३, कार्तिक

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले रामजी प्रसाद बराल जीवनलाई नेपाली काँग्रेसको उम्मेदवार मानेर मतदान गर्न काँग्रेस कार्यकर्तालाई आब्हान गर्नुभएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिकाको पाँच दलिय गठबन्धनको संयुक्त बैठकलाई विहिबार संबोधन गर्दै सभापति गुरुङले अब टिकटको र बिगतको तिक्तता बिर्सेर चुनाबमा होमिन आग्रह गर्नु भयो ।
‘म पनि टिकटको आकांक्षी थिए । टिकट रामजीजीले पाएपछि एक÷दुई दिन त मलाई पनि गाह्रो भयो ।’ गुरुङले भन्नुभयो–‘पछि उहाँ र म भेट्दै गयौ । बुझ्दै गयौ । अब त उहाँ अब गठबन्धनको हैन, काँग्रेसको उम्मेदवार जस्तो लागेको छ ।’ द्वन्दको बेलाका घाउहरु बिर्सन पनि उहाँले आग्रह गर्नुभयो ।

संघमा र प्रदेश सभामा काँग्रेसको नेतृत्वमा फेरी सरकार बनाउन पनि गठबन्धनको जित आवश्यक भएको उहाँको भनाई थियो । कार्यक्रममा प्रतिनिसभाका उम्मेदवार रामजी प्रसाद बराल जीबनले कास्की क्षेत्र ३ लाई बिकास र समृद्दिका दृष्टिले एकपटक जुरुक्कै उचाल्ने आफ्नो योजना रहेको बताउनुभयो । प्रतिगमनकारीहरुले एमालेको नेतृत्त्वमा चुनाबी साँगाँठ गरेकाले अग्रगमनकारीहरुले त्यसलाई परास्त गर्नुपर्ने गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका नेता बरालले वताउनुभयो । प्रदेश ख का उम्मेदवार प्रकाश बरालले फेवाताल र अन्नपुर्ण बेस क्याम्पलाई जोडेर यो क्षेत्रको बिकास गर्ने वताउनुभयो । नेता बरालले उडन्ते र प्रचारका कुरा गर्ने तर कामको सिन्को नभाँच्ने आफ्नो बानी नरहेको भन्दै आफुले जनता सामु गरेका प्रतिबद्दता पुरा गर्ने वताउनुभयो ।

नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाका कार्यबारक अध्यक्ष शुशिल भट्टचनले गठबन्धनको बैठकपछि अब खुलेर चुनाबमा जाने वातावरण बनेको वताउनुभयो । ‘अब अन्नपुर्ण गाउँपालिकामा जय नेपाल र लाल सलामको नारा सँगै घन्काएर जय लाल भन्दै चुनाबी अभियान गरिनेछ ।’ उहाँले भन्नुभयो । गठबन्धनको संयुक्त बैठकले अन्नपुर्ण गाउँपालिकामा उम्मेदवारको भेटघाटका कार्यक्रम तय गरेको छ ।
अन्नपुर्णको चुनाबी कार्यालयको कार्यालय पनि सुरु भएको छ । नौडाँडामा स्थापित कार्यालयको उम्मेदवार र नेताहरुले उद्घाटन गर्नुभयो । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गाउँपालिकाको घरदैलोको कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति युबराज कुँबर, माओबादी केन्द्रका नेताहरु चुडामणी अधिकारी, भेषराज पौडेल, नेसपाका युवा नेता नेत्र चापागाई, नेकपा एसका पालिका अध्यक्ष भरत देबकोटा लगायतले बोल्नुभएको थियो ।

 

Related posts