ताजा खबर

नवौ राष्ट्रिय खेलकुद ः कबड्डी महिलामा आर्मीलाई स्वर्ण, पुलिसलाई रजत

कार्तिक ३ पोखरा ।

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डीमा महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव विजेता बन्दै स्वण पदक जित्न सफल भएको छ ।
उपाधीका लागि बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै कबड्डी महिलातर्फ स्वर्ण जित्न सफल भएको हो । प्रतियोगिताको उपविजेता बनेको नेपाल पुलिसले रजत पदक जितेको छ ।
प्रतियोगितामा महिलातर्फ लुम्बिनी र सशस्त्र प्रहरी बल कास्य पदक जित्न सफल भएका छन् ।
आर्मीले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनिमहिला तथा पुरुष दुवै समुहमा स्वर्ण विजेता हो ।
पुरुषतर्फको फाइनल खेल त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेशका विचमा जारी रहेको छ ।
यही असोज ३० गतेदेखि जारी प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०– १० टिमको सहभागिता रहेको थियो ।

 

Related posts