ताजा खबर

सफ्ट टेनिस मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण

पोखरा ३, कार्तिक

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार बिहान भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।

प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश १ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

त्यस्तैपुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

Related posts