ताजा खबर

सुटिङमा आर्मीलाई ८ स्वर्ण, गण्डकीलाई ३ रजत

पोखरा २, कार्तिक

त्रिभुवन आर्मी क्लवले सुटिङ खेलमा पनि वचश्र्वो चमाउन सफल भएको छ । काठमाण्डौंमा बुधबार सम्पन्न भएको सुटिङ एयरपेष्तोल तर्फको एकल तथा टिम एवं मिक्स टिम तर्फ गरी आर्मीले ८ स्वर्ण पदक सहित बचश्र्वो जमाउन सफल भएको हो ।

१० स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा गण्डकी प्रदेशले भने ३ रजत र एक कास्य पदक जितेको छ । गण्डकीले एकल र टिममा गरी ३ रजत र एकल तर्फ एक कास्य पदक जितेको ओलम्पियन भगवती केसीले काठमाण्डौंबाट बताइन्।

महिला टिम तर्फ एयरपेष्तोलमा गण्डकीका श्रृया केसी, रेनु रिजाल र निस्ता पौडेलले रजत पदक जित्न सफल भए । एकल महिला तर्फ श्रृया केसीले रजत पदक जित्दा पुरुष एकल तर्फ भने विजय कार्कीले कास्य पदक प्राप्त गरे । एयरपेष्तोलकै मिक्स डवल तर्फ सहभागि खेलाडी विजय कार्की र श्रृया केसीले कास्य पदक दिलाए । गण्डकी प्रदेशबाट उक्त प्रतियोगितामा १२ जना खेलाडीहरु सहभागि भएका थिए ।

Related posts