ताजा खबर

पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइलनमा

पोखरा, २ कार्तिक

पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।्

बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा आर्मीले १६–१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९–३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३–५० र ७०– ६६ अंकले जित हासिल गरेको छ ।

आजै भएको पहिलो खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

बुधबारै सम्पन्न थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१–१६ स्किोरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०–१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

फाइनल खेल गण्डकी र एपीएफ बीच बिहीबार हुँदै छ ।

 

Related posts