ताजा खबर

महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा २, कार्तिक

एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै काँस्य पदक जितिन् । सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।

जुडोमा आर्मीलाई ४ स्वर्ण

नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन् ।
मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन् ।
पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ । आर्मीले ३÷३ रजत र काँस्य पदक पनि जितेको छ ।
पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन् । पुलिसले १ रजत र ५ काँस्य पदक प्राप्त गरेको छ ।
बागमतीले प्रदेशले १ रजत र ३ काँस्य पदक जित्यो । लुम्बिनी र एपीएफले १÷१ रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १÷१ काँस्य हात पारेका छन् ।
आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् । महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए ।
पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन् । यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पारेकी हुन् ।
गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन । सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहिन छन् ।
पुरुषतर्फ ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ । ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन् । यस्तै, मिक्स टिम इभेन्टमा पनि खेल हुनेछ ।

 

तेक्वान्दोमा पुलिस पहिलो

तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव पहिलो भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार तेक्वान्दो खेल सम्पन्न भएको छ । खेलमा ११ स्वर्ण, ४ रजत र १ काँस्य पदक सहित प्रहरी पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ काँस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ काँस्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो र मधेश प्रदेश १ स्वर्ण, २ रजत र ५ काँस्य सहित चौथो स्थानमा रह्यो ।
खेलमा प्रदेश १ ले ८ काँस्य, २ बागमतीले १ रजत र ३ काँस्य, गण्डकीले ७ काँस्य, लुम्बीनीले २ रजत र ४ काँस्य, कर्णालीले ३ काँस्य, सुदूरपश्चिम र एनआरएनएले एक÷एक रजत पदक जिते ।
मंगलबार महिला ४९ केजी समूहमा एपीएफकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले काँस्य पदक जिते ।
महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत, कर्णालीका वेविका वस्नेत र प्रदेश १ का प्रज्ञा परियारले काँस्य पदक जिते ।
पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र एपीएफका रञ्जित साउदले काँस्य पदक जिते, पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाबले रजत, लुम्बीनीका नविन चौधरी र एपीएफका मोहम्मद रितिकले काँस्य पदक जिते ।
पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत,
एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले काँस्य पदक जिते ।
महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा माथिको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा माथि तौल समूहमा एपीएफकी सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक जते ।
महिला ४६ केजीमा सुदरपश्चिमकी झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी
श्रेष्ठले काँस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना
माझी र एपिएफकी सोरन गुरुङले काँस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले
रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपीएफकी रेजिना पार्कीले काँस्य पदक जिते ।
पुरुष ८७ केजीभन्दा माथिको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका
निरजबहादुर नेपाली र मधेशका विकास तामाबले काँस्य, महिला ७३ केजी भन्दा बढीको तौल
समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले
काँस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले काँस्य पदक जिते । महिला ७ केजी तौल समूह ा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले काँस्य पदक जितेका
छन् । ७४ केजी पुरुषतर्फ एपीएफका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र
गण्डकीका शंकर पौडेलले काँस्य पदक जिते ।
५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका
अम्बिकाप्रसाद घिमिरेले काँस्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल
श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत,
प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले काँस्य पदक जितेका छन् ।
पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुब र प्रदेश १ का
विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण,
सेनाका दीपेन्द्र गुरुब र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुब र अर्पणा अधिकारी
तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले काँस्य पदक जिते ।
पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण,
सेनाका दिपेन्द्र गुरुब, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर,
तिलक सिउथानी मगर र युकेश थापामगर तथा एपीएफकी सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन
दाहालले काँस्य पदक जिते ।
टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुब, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा
दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, एपीएफकी मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही
तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले काँस्य पदक हात पारे ।

गेरोगीतर्फ महिला ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, एपीएफकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले काँस्य पदक
जिते । पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र
बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले काँस्य पदक जिते ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिब, बेनी नगरपालिकाका
प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक
विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका ८ का वडा अध्यक्ष
उत्तमकुमार कर्माचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

कबड्डीमा लिग चरणका खेल जारी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पोखरामा जारी कबड्डीमा महिला तथा पुरुष
स्पर्धा अन्र्तगत लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आर्मी, लुम्बिनी प्रदेश, प्रदेश
नम्वर १, सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी क्लव विजयी भएका छन् ।
यस्तै महिलातर्फ कर्णाली प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र बागमती
प्रदेश विजयी भए ।
प्रतियोगिता अन्र्तगत पहिलो खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई ४९–३० अंकले
पराजित गर्दा दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले गण्डकी प्रदेशलाई ६२–१३ अंकले
पराजित गर्दै विजयी भयो । तेस्रो खेलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बललाई ५३–२६

अंकले पराजित गर्दा चौंथो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेश माथि ५५–२७
अंकले पाखा लगायो । पाँचौ खेलमा सुदुर पश्चिमले बाग्मती प्रदेशलाई ४५–३६ अंकले
पाखा लगाउँदा अन्तिम खेलमा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई ५८–५४ अंकले
पराजित गर्दै जित दर्ता ग¥यो ।
महिलातर्फ कर्णाली प्रदेशले प्रदेश १ लाई ३७–३० अंकले, आर्मीले सुदूरपश्चिम
प्रदेशलाई ४७–१३ अंकले, प्रहरीले लुम्बिनी प्रदेशलाई ५५–१० अंकले पराजित गर्दा
सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ६७–१९ अंकले, गण्डकी प्रदेशले प्रदेश १ लाई ४७–
२५ अंकले र अन्तिम प्रतिस्पर्धामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २९–२७
अंकले पराजित गर्दै विजयी भएका हुन् ।
प्रतियोगिता अन्र्तगत बुधबार बाँकी रहेका लिग चरणका अन्तिम खेलसहित सेमीफाइनल
चरणका स्पर्धाहरु सञ्चालन हुँदैछन् ।
जसमा लिग चरण अन्र्तगत महिलातर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव
र सशस्त्र प्रहरी बल अन्तिम प्रतिस्पर्धा नेपाल प्रहरी क्लव र गण्डकीविच सञ्चालन गरिने छ ।
यस्तै, पुरुषतर्फ मधेश प्रदेश र सशस्त्र प्रहरी, आर्मी र प्रदेश १ तथा लुम्बिनी प्रदेश र
सुदूरपश्चिम प्रदेशका बीच लिग चरणको अन्तिम खेल सञ्चालन हुने छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेका प्रतियोगितामा गण्डकी प्रदेशसहित सात प्रदेश,
तीन आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १० समूहका महिला तथा पुरुष गरी २० टिमको
सहभागिता छ ।
प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिबमा जारी छ ।

Related posts