ताजा खबर

प्रदेशमा गण्डकी हालसम्म प्रथम समग्रमा चौथो स्थानमा

पोखरा २, कार्तिक

गण्डकी प्रदेश नवौं खेलकुद प्रतियोगिता अन्र्तगत हासम्म प्रदेश स्तरियमा अग्र र समग्रमा चौथो स्थानमा रहेको छ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ भने गण्डकी प्रदेशले २४ स्वर्ण पदकका साथ विभागिय टोलीहरुलाई पछ्याई रहेको छ । ।

हालसम्म ८ सय ३४ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदक सहित कुल २२० पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्यपदक सहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ काँस्य पदक सहित कुल १३५ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, १८ रजत र ३४ कास्य सहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदक सहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्य सहित २२ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्य सहित ३५ पदक, प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदक सहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्य सहित ३२ पदक जितेका छन् ।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्य सहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदक सहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् । भने भोलि प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रतियोगिताको समापन हुँदैछ ।

Related posts