ताजा खबर

सेपाकताक्रोमा विभागीय टोली आर्मीलाई ५ स्वर्ण

पोखरा २, कार्तिक

कावासोती ःपुर्वी नवलपरासीको कावासोतीमा आज सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रो खेलमा ५ स्वर्ण सहित त्रिभुवन आर्मी टिम च्याम्पियन भएको छ । तीन वटै विधाको ६ स्वर्ण मध्य आर्मीले ५ स्वर्ण हात पारे ।

बुधबार सम्पन्न पुरुष रेगु तर्फको फाईनलमा विभागीय टोलि आर्मीले गण्डकीलाईलाई २–१ को सेटमा हराउदै स्वर्ण हात पारेको हो । आर्मीका लागि सन्जित धिमाल, सुर्य चौधरी, उमेश महतो, दिपेश जंग थापा रोशन तामाङ्गको समुहले स्वर्ण जितेका हुन ।

विभागीय टिम आर्मीले यो सँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिला तर्फको तीन वटै र डबल विधाको पुरुष तर्फको १ स्वर्ण र रेगु विधाको पुरुष तर्फ १ स्वर्ण गरि ५ स्वर्ण जितेको हो ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सन्चालन भएको महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगितामा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडी सहभागि भएका थिए ।

 

Related posts