ताजा खबर

गण्डकीलाई महिला बास्केटबलको कास्य पदक

पोखरा २, कार्तिक

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कास्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई ४६(२४ अंकको अन्तरमा कास्य पदक हात पारेको हो ।

प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६(९ को अन्तर कायम गरेको थियो । यसै गरि गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशस् १०(४, १२(७ र ८(४ को अन्तर बनाउदै जित हासिल गरेको हो ।

गण्डकी प्रदेशलाई कास्य पदक दिलाउन गण्डकीकि सिमा गर्बुजाले १९ अंक जोडेकी थिइन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसंग पराजित भएको थियो भने सुदुरपश्चिम प्रदेश वाग्मती प्रदेशसंग पराजित भएको थियो ।

Related posts