ताजा खबर

रग्बीमा सेमीफाईनल चरणका खेल सम्पन्न, आर्मी, एपिएफ र लुम्बीनी फाईनलमा

लेखनाथ, ३१ असोज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लेखनाथस्थित भण्डारढिक खेल मैदानमा मंगलबार रग्बीका सेमीफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । पुरुषतर्फको सेमिफाईनलमा बिभागीय टिम नेपाल आर्मीलाई ५–० अंकले पराजित गर्दै लुम्बीनी प्रदेश फाईनलमा प्रवेश गरेको छ भने गण्डकी प्रदेशलाई १७–७ को फराकिलो अन्तरले पराजित गर्दै शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले फाईनलको यात्रा तय गरेको छ ।

यस्तै महिलातर्फको खेलमा आर्मीले मधेश प्रदेशलाई १७–५ अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई १०–० अंकको अन्तरले पराजित गर्दै फाईनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको तेश्रो स्थानको लागी पुरुषतर्फ आर्मी र गण्डकी प्रदेश भिड्नेछन भने महिलातर्फ मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन ।
आर्मि र लुम्बीनी प्रदेशविचको खेल चलिरहँदा आर्मीका खेलाडिले हाई ट्याकल गरेपछि एल्लो कार्ड पाएका थिए । एल्लो कार्डको विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्ध समेत भएको थियो ।

अफिसियलहरुँगको छलफलपछि खेल पुनः सुचारु भएको थियो । फाईनल चरणका खेलहरु बुधबार हुनेछन ।

Related posts