ताजा खबर

प्याराग्लाईडिङ खेल संचालन गर्न मन्त्री बरालको आग्रह

पोखरा १, कार्तिक

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले हाल बन्द गरिएको सहासिक खेल प्याराग्लाईडिङ पुनः संचालन गर्न माग गर्नु भएको छ । मन्त्री बरालले आज आफ्नो फेस बुक स्टाटसमा यस्तो आग्रह गर्दै खेलका क्रममा दुर्घटनामा परी निधन भएको घटनालाई लियर देशै भरी संचालन भएको सहासिक खेल प्याराग्लाईडिङ बन्द गर्नु उचित निर्णय नभएको उल्लेख गरेका छन्।

मन्त्री बरालले हार्दिक अपिल गर्दै पोखरामा जारी नवौं खेलकुद प्रतियोगितामा समावेस भएको प्याराग्लाईडिङ खेल समेत आवश्यक मापदण्ड पुरा गरी संचालन गर्न माग गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा गलत सन्देश प्रवाह हुने जोखिम बढेको उल्ल्खे गर्दै मन्त्री बरालले अतः प्याराग्लाइडिङको सन्दर्भमा अहिले देखिएको अन्यौलको तत्काल अत्य गरी सुरक्षाका मापदण्डको पूर्ण पालना, नियमन र जिमेवारपूर्ण तरिकाले यो साहसिक खेल तत्कालन संचालनमा ल्याइयोस् भन्दै जोडदार माग गरेका छन्।

पोखरामा जारी नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गत असोज ३० गते प्याराग्लाइडिङ क्रसकन्ट्री विधाको प्रतिस्पर्धाको क्रममा भएको दुर्घटनामा परी दिवंगत हुनुभएका युवा खेलाडी निसिम थापाप्रति मन्त्री बरालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरेका छन्। उनले भने “निसिमको निधनबाट राष्टले होनाहार खेलाडी गुमाएको छ, परिवारको आशाको त्यान्द्रो चुँडिएको छ, दुर्घटना आकस्मिक नै हुन्छ तर म त्यो दुर्घटनाको छानबिन गरि वास्तविकता बाहिर ल्याउन सम्बन्धित निकायहरुसँग हार्दिक अनुरोध गर्दछु । ”

गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको नाताले अनुसन्धानमा सहजीकरण गर्न आफु स्वयं र गण्डकी सरकार तयार रहेको उनले जानकारी समेत फेसवुकबाट गराएका छन्। निसिमको असामयिक र दुखद निधनसँगै पोखराको पर्यटनको लागि महत्वपूर्ण भूमिका निर्वाह प्याराग्लाइडिङ खेलमाथि नै प्रतिबन्ध लगाउने वा पोखराबाट विस्थापन गर्ने भन्नेजस्ता विषयहरु सतहमा आएको घटनाले समग्र पोखराको प्याराग्लाईडिङ व्यवसयालाई धरापमा पार्न खोजिएको उनले जनाए । हवाइ क्षेत्रको नियमनकारी निकाय हवाइ उड्डयन प्राधिकरणले दुखद घटनापछि अनिश्चितकालका लागि देशैभर प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको छ । मन्त्री बरालले भने “घटनाको छानबिन हुनैपर्छ, तर, यो निर्णयले करोडौं लगानीमा सञ्चालित प्याराग्लाइडिङ कम्पनी तथा खेलको भविष्य माथि संकट सिर्जना हुन लागेको प्याराग्लाइडिङ नियमनकारी निकायहरुबाट स्वीकृति लिएर संचालनमा आएको व्यवसाय हो, त्यसको सुरक्षा गर्नु राज्यको कर्तव्य हो । ” संसारभर जोखिमपूर्ण खेलहरुमा निश्चित सुरक्षा मापदण्ड कायम भएको उल्लखे गर्दै मन्त्री बरालले मापदण्ड पालना गर्नु खेलाडी, तत् कम्पनी तथा नियमनकारी निकायको कर्तव्य भएको बताए ।
हरेक साहसिक खेलहरु जोखिमपूर्ण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले दुर्घटनालाई नै कारण बनाएर खेल गतिविधि नै बन्द गर्नु न्यायोचित नहुने बताए । पोखरा र नेपालको सन्दर्भमा विदेशी मुद्रा आर्जन गर्ने, पर्यटकलाई पोखरामा आकर्शित गर्ने प्याराग्लाइडिङ बन्द गराउनु वा बन्द हुँदैछ भन्ने सन्देश प्रवाह गर्नुले पोखराको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने उनले जनाए । एसियन गेममा रजत पदक प्राप्त खेल प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय स्पर्धामा पदक दिलाएको र पदकको सम्भावना भएको यो खेलको विकास राष्ट्रको पहिचान र परिचयसँग जोडिएको मन्त्री बरालले जनाए । कोभिड–१९ महामारीपछि तंग्रिँदै गरेको पर्यटन व्यवसायलाई यस्ता बिबादित बिषयले समस्या ल्याउन सक्ने मन्त्री बरालको बुझाई छ । पोखरामा प्याराग्लाईडिङको प्रि वल्र्ड कप समेत भएको छ भने विश्वकै उृत्कृष्ट मध्यमा पर्ने विज्ञहरुले बताउदै आएका छन्। पोखरामा जारी नवौं खेलकुदमा समावेस भएको प्याराग्लाईडिङ शनिबार क्रसकन्ट्ीको एक राउण्डको मात्र खेल भएको छ भने अब कहिले हुने नहुने अन्यानै भएको छ ।

Related posts