ताजा खबर

नवौं राष्ट्रिय स् गण्डकीलाई हराउँदै आर्मी फाइनलमा प्रवेश

तनहुँ १, कार्तिक

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनलको यात्रा तय गरेको छ । मंगलबार बिहान भएको फाइनल खेलमा ६७(३५ अन्तर सहित आर्मी फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो र दोस्र चरणमा गण्डकीले कमजोर खेल प्रदर्शन गर्दा आर्मी फराकिलो अन्तर कायम गरेको थियो । जहाँ आर्मीले २०(६ र १९(५ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने आर्मी विरूद्ध गण्डकीले उत्कृष्ट खेल प्रदर्शन गर्दै १५(११ को अन्तर बनायो । अन्तिम चरणमा भने पुनः आर्मीले १७(९ को अन्तर बनायो ।

प्रतियोगितामा त्रिभुवन आर्मीले मधेसी प्रदेश र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने गण्डकी प्रदेश वाग्मती प्रदेशसंग हार र प्रदेश(१ संग जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

Related posts