ताजा खबर

म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण

पोखरा १, कार्तिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्नर्गत एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पुरा गरे । ससस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पुरा गर्दै कास्य पदक जिते ।

राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।

Related posts