ताजा खबर

सोमबार नवौं खेलकुदमा विभिन्न खेलको नतिजा

पोखरा ३१, असोज

गण्डकी प्रदेशमा जारी नवौं खेलकुदमा सोमबार पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन्। केही खेलको स्वर्ण पदकको छिनो फानो भयो भने केही खेलको विभिन्न चरणका खेलहरु भएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेश र सुदूरपश्चिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गरेका हुन् ।

तुलनात्मक रुपमा बलियो देखिएको प्रदेश १ ले मधेश प्रदेशसँगको पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने मधेश लयमा फर्किदा २६–२४ को प्रतिस्पर्धात्मक खेलमा प्रदेश १ भाग्यमानी ठहरियो । तेस्रो सेटमा पुनरागमन गर्दै प्रदेश १ ले २५–९ मै मधेशलाई पाखा लगायो । समूह ‘बी’ को दुवै खेलमा पराजय बेहोर्दै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरएको छ । समूह विजेता हुँदै त्रिभुवन आर्मी यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले एनआरएनएलाई ३–० सेटमा पराजित ग¥यो । सुदूरपश्चिमले २५–९, २५–२० र २५–१३ ले खेल आफ्नो पक्षमा पार्दा पुरुष भलिबलमा पाहुना टोलीको राष्ट्रिय खेलकुद यात्रा टुंगिन पुग्यो । समूह ‘सी’ को उपविजेता हुँदै सुदूरपश्चिमले क्वार्टरफाइनल यात्रालाई सुनिश्चित ग¥यो ।

प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनल चरणका खेल हुने छन् । विहान सुरु हुने क्वार्टरफाइनलमा पहिलो खेल पुलिस र सुदूरपश्चिम, दोस्रो खेल त्रिभुवन आर्मी र वाग्मती प्रदेश, तेस्रो खेल एपीएफ र लुम्बिनी प्रदेश र अन्तिम खेल गण्डकी र प्रदेश १ बीच हुने छ । बुधबार सेमीफाइनल र बिहीबार फाइनल प्रतिस्पर्धा हुने छ ।

बक्सिङमा तेस्रो दिन ः पुरुषतर्फ २४ जना सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ सेमिफाइनलमा पुगेका छन् । उनले ४.१ अंक प्राप्त गरेका थिए । यस्तै ५१ केजी तौल समूहमा बाग्मती प्रदेशका रविन थापा विजयी भए ।

५१ केजी समूहमा नेपाल पुलिस क्लवका चन्द्रवहादुर थापा (५ अंक) त्रिभुवन आर्मी क्लवका सुवास तामाङ (४.११अंक) ५४ केजीमा गण्डकी प्रदेशका पूर्णवहादुर गुरुङ (३.२) सोही समूहमा प्रदेश १ का आङपेम्वा शेर्पा, सोही समूहमा कर्णालीका प्रकाश शाही (४.१), ५७ केजी समूहमा एपीएफका पुरन राई (५ अंक), ६० केजी समूहमा लुम्बिनी प्रदेशका अनिलकुमार पुन मगर (३.२) र ४ अंक प्राप्त गर्दै बाग्मतीका सुवास माली विजयी भए ।

यसैगरी, ६३ केजीमा लुम्बिनीका नेत्रबहादुर थापा विजयी भएका छन् । उनले ५ अंक प्राप्त गरेका थिए । यस्तै, सोही समूहमा आर्मीका लालु आले मगर (३.२), ६७ केजीमा बाग्मतिका दावा र्छिरिङ लामाले ५ अंक ल्याए । आर्मीका धनबहादुर दलार्मीले ५ अंक ल्याएका छन् । त्यस्तै, ७१ केजी समूहमा एनआरएनका चन्द्रवहादुर तामाङले बाग्मती प्रदेशका प्रमोद राईबाट वाकवभर पाएका छन् । एपीएफका निश्चल विष्टले ३.२ अंक प्राप्त गर्दै विजयी भए । ७५ केजी उमेर समूहमा प्रदेश १ का प्रशान्त दाहाल (५ अंक), सोही समूहमा लुम्बिनीका हेमराज राउतले मधेशका राम निवास कुमारसँग वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । ८० केजी समूहमा प्रदेश १ का फूर्वेनी शेर्पा ४.१ ल्याएर विजयी भएका छन् । सोही समूहमा मधेशका मनोज वेल्दारले वाकवभर दिएपछि बाग्मती प्रदेशका मोहन तामाङले सेमिफाइनल यात्रा तय गरे । ८६ केजी तौल समूहमा पनि एपीएफका रविन नेपालीले आर्मीका कृष्णराज शाहीवाट वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरे ।

९२ केजीमा एपीएफका गोकुल गुरुङ विजयी भए । सोही समूहमै गण्डकीका दिपक सुनुवार विजयी भएका छन् भने, ९२ भन्दा माथिको तौल समूहमा लुम्बिनी प्रदेशका सुजन थापा मगर विजयी भए ।

खो खो तर्फ दोस्रो दिन समूह चरणको ११ खेल

 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार खो खो तर्फको समूह चरणको खेल सकिएको छ । खेलमा सुदूरपश्चिम, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र नेपाल आर्मी विजयी भएका छन् । जसमा लुम्बिनी प्रदेशले प्रदेश नं १ लाई १८–४ ले सिंगल इनिङमा हराएको हो । त्यस्तै, सुदूरपश्चिम र नेपाल प्रहरीबीच भएको खेलमा सुदूरपश्चिमले १६–४ ले जित निकालेको छ ।

अर्को खेलमा बागमती प्रदेशले १५–४ को अन्तरमा सिंगल इनिङमै मधेश प्रदेशलाई हराएको छ । सोमबार नै भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई १९–१८ को झिनोअन्तरमा हराएको थियो । त्यस्तै, २ विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिसबीच भएको खेलमा नेपाल आर्मीले सिंगल इनिङमै जित निकालेको छ । आर्मीले पुलिसलाई २३–४ को फराकिलो अन्तरमा पराजित गरेको हो ।
अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भइरहेको खेलमा गण्डकीले कर्णार्लीलाई १३–४ अंकले पराजित गरेको हो ।

सोमबार नै भएको पुरुष स्पर्धामा विभागीय टिम नेपाल आर्मी, लुम्बिनी प्रदेश, प्रदेश नं. १ र सुदूरपश्चिमले जित निकालेका छन् । नेपाल पुलिसले मधेश प्रदेशलाई ३१–१ को फराकिलो अन्तरमा पराजित गरेको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले १३–४ अंकका साथ बागमती प्रदेशमाथि जित निकालेको थियो । प्रदेश नं. १ र गण्डकी प्रदेशबीच भएको खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । जसमा प्रदेश १ ले २० अंक ल्याउँदा गण्डकी ११ अंकमा समेटिएको थियो ।

खोखो पुरुष स्पर्धाअन्तर्गत समूह चरणको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सिंगल इनिङमै छिनोफानो भएको खेलमा सुदूरपश्चिमले २० अंक ल्याउँदा कर्णाली प्रदेश २ अंकमा रोकिएको थियो ।
मंगलबार समूह चरणअन्तर्गत तेस्रो दिन महिलापुरुष गरी ९ खेल हुनेछन् । आइतबारबाट सुरु भएको खोखो खेलमा २ विभागीय टोलीसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा भइरहेको खेल कात्तिक ३ गते सकिनेछ ।

सेपाकताक्रोमा आर्मीलाई थप एक स्वर्ण

विभागिय टोली नेपाल आर्मीले सेपाकताक्रोमा थप एक स्वर्ण पदक हात पारेको छ । पूर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको सेपाकताक्रोमा विभागिय टोली नेपाल आर्मीले थप एक वटा स्वर्ण पदक हात पारेको हो .

सेपाकताक्रोको रेगु विधा अन्र्तगत विभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेशको महिला टिमलाई टिमलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण हात पारेको हो । आर्मीका लागी चन्दा चौधरी, सुमिना डंगोल, इनु चौधरी, सोममाया थापा मगर र स्वस्तिका श्रेष्ठको टोलीले स्वर्ण दिलाएका हुन ।
आर्मीले स्वर्ण पदक जित्दा गण्डकीले भने रजतमा चित्त बुभाउनु परेको छ । रेगु महिला तर्फको कास्य पदक सुदुर पश्चिमलाई २–० को सोझो सेटमा हराउदै वाग्मतीले हात पारेको छ । वाग्मतीका लागी उषा महर्जन, रुथकुमारी श्रेष्ठ, कमला दर्जी, लाक्पा जाङमु शेर्पा रनेहा श्रेष्ठको टोलीले कास्य दिलाएका छन ।
रेगुको पुरुष तर्फको फाईनल प्रतिस्पर्धा बुधबार गराईने भएको छ । रेगु पुरुष तर्फको फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुनेछ । रेगु पुरुष तर्फको कास्य पदक भने लुम्बिनी प्रदेशलाई २–०को सोझो सेटमा हराउदै प्रदेश नं १ ले जितेको छ । मंगलबार
सेपाकताक्रोको क्र्वाड विधा अन्र्तगतको पुरुष र महिलाको पदकको छिनोफानो हुने सेपाकताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्रबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।
यस अघि आईतबार सम्पन्न महिला र पुरुषको डबल तर्फ विभागिय टोली नेपाल आर्मीले दुई स्वर्ण जितिसकेको छ । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन ।

कबड्डीमा लिग चरणका ६÷६ खेल सम्पन्न
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डी प्रतियोगितामा महिला तथा पुरुष स्पर्धा अन्र्तगत लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
सोमबार पोखरामा भएको प्रतियोगितामा पुरुषतर्फ बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका छन् ।
प्रतियोगिता अन्र्तगत पहिलो खेलमा बाग्मती प्रदेशले सशस्त्र प्रहरी बललाई ३६–३१ पोइन्ट ग¥यो । दोस्रो खेलमा नेपाल प्रहरी क्लव त्रिभूवन आर्मी क्लवसँग ७५–२२ पोइन्टको फराकिलो अन्तरले पराजित हुँदा तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेशलाई ५२– २५ पोइन्टले पराजित गर्दै विजयी भयो ।
चौथौं खेलमा सशस्त्र प्रहरी बललाई सुदुर पश्चिमले ४३ – २६ ले पराजित ग¥यो, पाँचौ खेलमा नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ४४ – ३६ ले पाखा लगाउँदा अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्वर १ लाई ७५–३३ ले पराजित गर्दै विजयी भयो ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका छन् ।
प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्वर १ लाई ४७ – २४ ले पराजित गर्दा दोस्रो खेलमा बाग्मती प्रदेशलाई त्रिभूवन आर्मी क्लवले ७५–२० पोइन्टको फराकिलो अन्तरले पराजित गर्दा तेस्रो खेलमा कर्णाली प्रदेश नेपाल प्रहरीसँग ६५–२२ ले पराजित भयो ।
चौंथो खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ३४ – १७ ले पराजित हुँदा पाँचौं खेलमा बाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले पाखा लगायो । अन्तिम खेलमा सशस्त्र प्रहरी बलले सुदुर पश्चिम प्रदेशलाई ४४–२१ पोइन्टले पन्छाउँदै जित दर्ता गरेको हो ।
प्रतियोगिता अन्र्तगत मंगलबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र कर्णाली प्रदेश, त्रिभूवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लव र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश नम्वर १ र गण्डकी प्रदेश यस्तै अन्तिम खेल बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका विचमा सञ्चालन हुनेछ ।
यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र मधेश प्रदेश, त्रिभूवन आर्मी क्लव र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश र अन्तिम खेलमा नेपाल प्रहरी क्लव र गण्डकी प्रदेश आम्नेसाम्ने हुनेछन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।
महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।
प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा जारी छ ।

भारत्तोलनमा विभागीय टिम हावी

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा विभागीय टिम हावी भएको छ । प्रतियोगिताको दोस्रो दिनको खेलसम्म नेपाल पुलिसले ४ र नेपाल आर्मीले ३ स्वर्ण हात पारेका छन् ।

प्रतियोगिताको दोस्रो दिन सोमबार पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् ।

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा महिला ५९ केजी तौल समूहमा आर्मीकी कमला श्रेष्ठले स्वर्ण जितिन् । उनले स्न्याचतर्फ ६८ र क्लीन एण्ड जर्कमा ८५ गरी कुल १५३ तौल भार बहन गरेकी थिइन् । रजत जितेकी नेपाल पुलिसकी देवीकुमारी चौधरीले स्न्याचतर्फ ५८ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२८ तौल भार बहन् गरिन् भने कास्य जितेकी नेपाल आर्मीकै अस्मिता पुलामी मगरले कुल १२३ केजी तौल उठाइन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कतर्फ ७० केजी भार बहन गरेकी हुन् ।

सोमबारकै पुरुष ६७ केजी तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्न सफल भयो । आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा ९५ र क्लीन एण्ड जर्कमा १३० गरी कुल २२५ केजी भार बहन गरी आर्मीलाई तेस्रो स्वर्ण दिलाएका हुन् । प्रतियोगितामा आर्मीकै मुक्तिराम घले र सुदूरपश्चिमका अशोकसिंह भण्डारीले कास्य जिते । मुक्तिरामले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा ११९ गरी कुल २०९ तथा अशोकले स्न्याचतर्फ ९२ र क्लीन एण्ड जर्कमा ११६ गरी कुल कुल मुक्तिरामभन्दा मात्र १ केजी कम अर्थात् २०८ केजी तौल उठाउँदा कास्यमा सीमित भए । सोमबारकै चौथो तथा अन्तिम खेल पुरुष ७३ केजी तौल समूहमा रातिसम्म खेल भइरहेको छ ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ ।
पहिलो दिन आइतबारको खेलमा पुरुष ६१ केजी तौल समूहमा नेपाल पुलिसका मुई लामा, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका थिए ।

नवौँ राष्ट्रिय खेलकुद ः टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको महिला डबल्सतर्फ बागमती प्रदेशको प्रकृति र रायनाको जोडीले सेनाको इशा र सुभांगीको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ । त्यसैगरी सेनाका अविलाशा विष्ट र इरा एमआरको जोडीले ६–३,६–३ को सेटमा एपिएफका सुनिरा र सर्भानीको जोडीमाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको नेपाल क्रिकेट संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिनुभयो ।

मिक्स डबल्सतर्फ पुलिसका आर्यन र आइशा डिजीको जोडीले सेनाका गोविन्द र इशाको जोडीलाई ६–३,६–२ सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । यसैगरी सेनाको प्रनभ र अविलाशाको जोडीले एपिएफका सन्तोष र सर्भानीको जोडीलाई ६–३,६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

पुरुष एकल विधामा नेपालका पहिलो र दोस्रो बरियताका दुबै खेलाडीले सेमिफाइनलको यात्रा गर्नुभएको छ ।  पोखरा रंगशालाको टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा नेपालको पहिलो बरियताका खेलाडी गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाली सेनाका अकी जुवेन रावतलाई ६–४,६–० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।

त्यसैगरी दोस्रो बरियताका खेलाडी सेनाका प्रनभ खनालले बागमी प्रदेशका निशान श्रेष्ठलाई ६–४,६–२ को सेटमा पराजित गर्नुभयो ।
पुरुष एकलतर्फको प्रतिस्पर्धामा एपीएफका सन्तोष खत्री र एनआरएनका आरभ हाडा विजयी हुँदै सेमिफाइनमा प्रवेश गर्नुभयो । उहाँहरुले क्रमश ःपुलिसका प्रनभ मानन्धर र लुम्बिनीका रितिक लामामाथि जित हासिल गर्नुभयो । महिलाएकलतर्फ नेपालको पहिलो बरियताका खेलाडी अभिलाशा विष्ट सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले एपिएफका सुनिरा थापालाई ६–२,६–१ को सेटमा पराजित गर्नुभयो ।
त्यसैगरी महिलाएकलतर्फ बागमतीका रायना शाहले पुलिसका प्रशंसा मोक्तान, बागमतीका प्रकृति श्रेष्ठले एपिएफका आइसा डोकर र सेनाका इरा रावतले एपिएफका सर्भानी श्रेष्ठलाई पराजित गरी अन्तिम चारमा स्थान पक्का गर्नूभएको छ ।

पुरुषडबल्सतर्फ गण्डकी प्रदेशको दुई टोली सेमिफाइनल पुगेको छ । प्रदीप खड्का र अनिल शाहीको जोडीले लुम्बिनी प्रदेशका रितिक र सक्षम विएसको जोडीलाई पराजित गदैै सेमिफाइनल पुग्दा गण्डकीकै आशिष कार्की र सौगात विकेको जोडीले प्रहरीका प्रनभ मानन्धर र आर्यन गिरीको जोडीलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भयो । त्यसैगरी सेनाका प्रनभ कार्की र अकी रावतको जोडी तथा बागमतीका निशान र प्रितमको जोडीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
आर्चरीमा मंगलबारदेखि पदकका लागि प्रतिष्पर्धा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिष्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ ।

कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदुरपश्चिमका सुरेश गुरुङलाई १३६ को विरुद्ध १४४ अंकका साथ स्वर्ण पदकको प्रतिष्पर्धामा आफूलाई उभ्याएका हुन् । फाइनलमा गण्डकीकै खेलाडी पुगेपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

जागृतले ¥याङकिङ राउण्डमा ६९८ स्कोर खडा गर्दा सातौं राष्ट्रिय खेलकुदमा आफूले बनाएको ६८९ अंकको रेकर्ड पनि तोडेका छन् । ख्यामले ६९७ अंक जोडे ।

यस्तै, गण्डकीका ख्यामले एपीएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरले हराउँदै उपाधि होडमा आफूलाई उभ्याए ।

कम्पाउण्ड वुमन सिंगलतर्फ एपीएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराईन् । यस्तै, इमायुङले एपीएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारिन् ।

रिकर्भ मेन सिंगलतर्फ गण्डकीका गंगाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन
। गंगाले एपीएफका विराट थापालाई ६–४ अंकले हराएका हुन् । यस्तै, तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अंकले पन्छाउँदै फाइनलमा स्थान बनाए ।

रिकर्भ वुमन सिंगलतर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईंले गण्डकीका रश्मी दर्लामीलाई सोझो ३ सेटमा (६–०) हराइन् ।

स्टान्डर्ड मेन टीमतर्फ गण्डकी र सुदुरपश्चिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रँदा वुमन टीम तर्फ प्रदेश १ र आर्मी खेल्नेछन् । मेन टीमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं. १ लाई ५–१ अंकले हराएको हो । यस्तै, अर्को खेलमा सुदुर पश्चिमले नेपाल पुलिसाई ६–४ अंकले हराउँदै फाइनल पुगेको हो । स्टान्डर्ड वुमन टीम तर्फ प्रदेश १ ले गण्डकी प्रदेशलाई ६–० अंकले सोझो तीन सेटमा हरायो । यस्तै, आर्मीले पनि एपीएफलाई सोझो तीन सेट (६–०) ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुदमा पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेश र कर्णालीको भने सहभागिता रहेन ।
टेबुल टेनिस प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स ईभेन्ट जारी छ ।

रामबजार नजिक रहेको कोल्मा बहाकोट तमु समाज भवनमा जारी प्रतियोगितामा पुरूष सिंगल्स तर्फ आ आफ्ना प्रतिद्धन्दिलाई पराजित गर्दै नेपाल प्रहरीका स्यान्टो श्रेष्ठ, विनेश खनिया, संयोग कपाली र प्रदिप रोका, बाग्मति प्रदेशका चन्दन शाही, रितिज जोशी, सुनिल महर्जन र एलेक्स महर्जन, प्रदेश नं १ का बोधित डिसी, शसस्त्र प्रहरीका हिमाल विस्ट, दिलोस श्रेष्ठ, शिवसुन्दर गोथे र रूविन महर्जन, एनआरएनएका प्रतिक थापा, दिप सावन र त्रिभुवन आर्मी क्लवका नारायण घिमिरे प्रि क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

सफ्ट टेनिस महिला पुरुष डबल्स

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवार सफ्ट टेनिसतर्फ सेमिफाइनल पुरुष महिला डबल्सका खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत पुरुषतर्फ नेपाल पुलिसका कमल भण्डारी र नौंबहादुर लुङगेलीको जोडीले गण्डकी प्रदेशका शक्ति शर्मा र धरमबहादुर लामिछानेको जोडीलाई तथा प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहोराले वाग्मती प्रदेशका प्रदिप खत्री र ब्रिजेश पाण्डेको जोडीलाई समान ५–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरे।
त्यस्तै महिला डबल्सतर्फ लुम्बीनी प्रदेशकी रितिका चौधरी र विमला पन्थीले ५–२ को सेटमा नेपाल पुलिसका विष्णा भण्डारी र सिसम चन्दलाई हराए ।

त्यस्तै एपिएफका भगवती विक र समृद्धि महर्जनले ५–१ को सेटमा १ नं.प्रदेशका श्रेया योञ्जन तथा श्रेया राईको जोडीलाई पछि पार्दै फाइनल यात्रा गरे। उनीहरु बीच फाइनल लागि मंगलवार विहान साढे ८ बजे प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।
यसअघि प्रतियोगिता अन्र्तगत महिला पुरुष सिंगल्स तर्फका खेलहरु सम्पन्न भइसकेका छन् भने मिक्स डबल्स्का खेलहरु सोमवारबाट सुरु गरिएका छन् ।

 

Related posts