ताजा खबर

सफ्ट टेनिसतर्फ सेमिफाइनलकापुरुषमहिला सिंगल्स खेल सम्पन्न

पोखरा, ३० असोज

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज आइतवार सफ्ट टेनिसतर्फ सेमिफाइनलका पुरुष महिला सिंगल्स खेलहरु सम्पन्न भएका छन् ।

पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत पुरुषतर्फ प्रदेश नं. १ का युकेश योञ्जनले वाग्मती प्रदेशका निर्मल स्थापितलाई ४–० तथा वाग्मती प्रदेशका प्रदीप खत्रीले लुम्वीनी प्रदेशका सुरज चौधरीलाई ४–२ सेटले पराजित गर्नुभयो ।

त्यसैगरी महिलातर्फ वाग्मती प्रदेशकी चन्द्रमायाँ राईले प्रदेश नं. १ की श्रेया योञ्जनलाई ४–१ साथै ससस्त्र प्रहरीकी समृद्धि महर्जनले वाग्मती प्रदेशकी स्वस्तीका विष्टलाई पनि ४–१ सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्नुभएको छ । सफ्ट टेनिसतर्फ भोली सोमवारबाट मेन्स डबल्स्का खेलहरु हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिनुभयो ।

 

 

Related posts