ताजा खबर

नवौं राष्ट्रिय खेलकुद ः पुरुष बास्केटबलका खेलहरु जारी

पोखरा, ३० असोज

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ आज तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा आज आइतबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ बागमति प्रदेशले लुम्विनी प्रदेशलाई ८०–४९ स्कोरले पराजित गरेको छ । बागमतीलाई जिताउन सुरज खड्गीले सर्वाधिक १४ अकं ल्याएका थिए ।

त्यस्तै समुह ए तर्फको दोस्रोे खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १०३–५७ स्कोरले पराजित गरेको छ । आजनै सम्पन्न समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई ८८–६५ स्कोरले पराजित गरेको छ । कर्णालीका कुनखेन तामाङले सर्वाधिक स्कोर ल्याउन सफल भए । उनले २९ पोइन्ट ल्याए । समुह बि तर्फकोे दोस्रो खेलमा एपिएफले मधेश प्रदेशलाई ९७–३८ स्कोरले पराजित गरेको छ । एपिएफका सतिस प्रधानले सर्वाधिक १६ पोइन्ट जोड्न सफल भए ।

समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस ४ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमती र लुम्विनीको साना ३, ३ अकं र प्रदेश १ ले २ अकंका साथ समुहको पुच्छारमा रहेको छ ।
समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ, कर्णाली र सुदुरपश्चिम प्रदेशले समान ४, ४ अकंका साथ शिर्ष स्थानमा छन् भने गण्डकी र मधेश प्रदेशले समान ३, ३ अकं ल्याएका छन् ।

आइतबारनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए तर्फ त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई २१–१० स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा एपिएफले नेपाल पुलिसलाई २१–१० स्कोरले पराजित गरेको छ । समुह बि तर्फको खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २१–९ स्कोरले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकीले बागमतीलाई २२–११ स्कोरले पराजित गरेको छ ।

समुह ए अन्तर्गत खेलको अकं तालिकामा गण्डकी प्रदेश ६ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने सुदुर पश्चिम ५ अकंका साथ दोस्रो स्थानमा छ । त्यस्तै बागमतीको ३ अकं, कर्णालीं र लुम्बीनीले समान २, २ अकं जोडेका छन् ।
‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ सोमबार हुने खेलहरुमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लव त्यस्तै बागमती र प्रदेश १ भिड्दैछन् भने समुह बि तर्फ गण्डकी र मधेस तथा कर्णाली र एपिएफबीच खेल हुँदैछ । ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए मा प्रदेश १ र एपिएफ तथा मधेश र पुलिसबीच खेल हुँदैछ । त्यस्तै समुह बि तर्फ लुम्बीनी र गण्डकी तथा कर्णाली र बागमती भिड्नेछन् ।

Related posts