ताजा खबर

नवौं राष्ट्रिय खेलकुदः टेवल टेनिस मिक्स डबलतर्फ पुलिस क्लवलाई र वुमन्स डबल तर्फ एपीएफलाई गोल्ड मेडल

पोखरा, असोज ३०

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लवले गोल्ड मेडल हात पारेको छ ।पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल पुुलिस क्लवले गोल्ड मेडल हात पारेको हो ।

मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई ११­ – ७, ५ –११, ८ –११, ११ –५,९–११ को २–३ ले पराजित गर्दै नेपाल पुलिस क्लवले गोल्ड मेडल हात पार्न सफल भएको हो । यसैगरी वुमन्स डबल तर्फ एपीएफले नेपाल पुलिस क्लवलाई पराजित गर्दै गोल्ड मेडल पाउन सफल भएको छ । नेपाल पुलिस क्लवलाई ११ –९, ८ –११, ११­ –९, ९–११, ७–११ को २–३ ले पराजित गर्दै एपीएफले गोल्ड मेडल पाउन सफल भएको हो ।

मिक्स डबल ईभेन्टतर्फ त्रिभुवन आर्मी क्लवले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । यस्तै वुमन्स डबल इभेन्ट तर्फ नेपाल पुलिस क्लवले रजत पदक हात पारे बाग्मति प्रदेश र नेपाल पुलिस क्लवले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

यसैबीच आईतबार नै सम्पन्न मेन्स डबल ईभेन्ट तर्फ नेपाल पुलिस क्लव र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुने जनाइएको छ ।

प्रदेश नं १ लाई ११–५,११–६,११–७ को ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लवले फाईनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लवलाई ११–७, १३–११, १०–१२, ९–११,११–१७ को ३–२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
मेन्स डबलतर्फ प्रदेश नं १ र त्रिभुवन आर्मी क्लवले कास्य पदक हात परिसकेका छन ।

भोली सोमबार वुमन सिंगल र मेन सिंगल खेल हुनुका साथै मेडल वितरण कार्यक्रमको आयोजना गरिने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

Related posts