ताजा खबर

नवौं राष्ट्रिय खेलकुद ः कबड्डीमा महिला÷पुरुष दुवैमा आर्मीको विजयी शुरुवात

असोज ३० पोखरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले महिला तथा पुरुष दूवै स्पर्धामा विजयी शुरुवात गरेको छ ।

आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ त्रिभूवन आर्मी क्लवले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ ।प्रतियोगिता अन्र्तगत आजनै पुरुष र महिला दुबै स्पर्धामा ५–५ वटा प्रतिस्पर्धा भएका छन् ।

आज भएको पुरुषतर्फ दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ५३– ५० पोइन्टले पराजित गर्दा तेस्रो खेलमा प्रदेश नम्वर १ नेपाल प्रहरीसँग ५१ – ३९ ले पराजित हुन पुग्यो । चौथो खेलमा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४९ – ३६ र अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४० – ५० पोइन्टले पराजित ग¥यो ।
यस्तै महिलातर्फ प्रदेश नम्वर १ नेपाल प्रहरी क्लवसँग ६९– १७ पोइन्टले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल प्रहरी क्लवले प्रदेश नम्वर १ लाई ६९ – १७ पोइन्टले पराजित गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बल बाग्मती प्रदेशसँग ६५ – १६ पोइन्टले विजयी भयो । चौथो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ४९ – ३७ ले पराजित गर्दा अन्तिम खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ६७–१६ पोइन्टले पराजित ग¥यो ।

प्रतियोगिता अन्र्तगत सोमबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र लुम्बिनी, त्रिभूवन आर्मी क्लव र बाग्मती प्रदेश, नेपाल प्रहरी क्लव र कर्णाली प्रदेश, सशस्त्र प्रहरी वल र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेश प्रदेश र बाग्मती प्रदेश आम्ने साम्ने गर्ने छन् ।
यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र सशस्त्र प्रहरी वल, त्रिभून आर्मी क्लव र नेपाली प्रहरी क्लव, लुम्बिनी प्रदेश र मधेश प्रदेश, प्रदेश नम्वर १ र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी वल र कर्णाली प्रदेश र नेपाल प्रहरी क्लवविच लिग चरणका खेलहरु सञ्चालन गरिने अखिल नेपाली कबड्डी संघका महासचिव विनोद प्रजापतीले जानकारी दिए ।
यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव , कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।
महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।
प्रतियोगिताका लागि महिला तथा पुरुष गरि १० वटा समुहका १२० जना खेलाडी सहित १४० जना अफिसियल पोखरामा छन् ।

 

 

 

Related posts