ताजा खबर

नवौं राष्ट्रिय खेलकुद ः बुद्धिचाल प्रतियोगिताको खुल्ला तर्फ आशिषको एकल अग्रता

गोरखा, ३० असोज ः

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुल्ला तर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ । प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्ट पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गर्नुभएको हो ।

क्लासिकल तर्फको अहिलेसम्मको ५ खेल मध्ये फुयाँलले ४ खेलमा जीत हात पार्नुभएको छ भने एक खेलमा मात्र पराजय व्यर्होनु भएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल हुनुभएको हो ।

फुँयालले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुबिर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले ४÷४ खेल जितेर फुँयाललाई पच्छ्याई रहनु भएको छ ।

 

Related posts