ताजा खबर

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

पोखरा ३० असोज ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।

१०३ वर्षीय जोशीको उपचारका क्रममा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो।

बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटुको समस्याका साथै निमोनिया र पिसाबको संक्रमण थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। सुरुमा केही सुधार देखिए पनि पछिल्लो केही दिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएको थियो। अवस्था गम्भीर भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो।

 

Related posts