ताजा खबर

नवौ राष्ट्रिय खेलकुद ः सेपाकताक्रोको उदघाटनमा आर्मी र प्रदेश एक खेल्दै

पोखरा ३०, असोज

राजु चापागाई, कावासोती, पूर्वी नवलपरासीको कावासोतीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रतियोगिता अन्र्तगतको सेपाकताक्रो खेलको सुमदघाटन गर्नु भएको छ । प्रतियोगिताको उदघाटन अगाडी सात प्रदेश र विभागिय टिम सहितको खेलाडीहरु, अफिसियलहरु, खेलकुद विकास समितिका पदाधिकारीहरु, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकार सहितको टोलीले नगरपरिक्रमा गरेको थियो , सेपाकताक्रो खेलको उदघाटन खेलमा विभागिय टिम नेपाली सेना र प्रदेश नं एकको पुरुष टोली बिच खेल हुने खेल नेपाल सेपाकताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्रबहादुर गुरुङले बताउनु भयो ।

सेपाकताक्रो खेलमा महिला र पुरुष तर्फ ९८ र कुस्ती तर्फ जना खेलाडीले भाग लिनेछन् । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका टिमले भाग लिने छ्न भने कुस्ती तर्फ ७ वटा प्रदेश र ३ वटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भाग लिने छ्न ।
साथै पूर्वी नवलपरासीमा हुने अर्को खेल कुस्तीको दिनको ३ बजे उदघाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताउनु भयो । कुस्ती तर्फ ७ वटा प्रदेश र ३ वटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरेर पुरुष ९१ र महिला ६९ गरि १ सय ६० खेलाडीले भाग लिदैछन ।–––

Related posts