ताजा खबर

नवौं खेलकुद अन्र्तगत प्याराग्लाईडिङ प्रतियोगिता सुरु पहिलो राउडको खेलमा एकल तर्फ आर्मी र टिम तर्फ गण्डकी अग्र स्थानमा

पोखरा २९, असोज

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आज (शनिबार) भएको पहिलो दिनको पहिलो चरणको खेलमा एकल पुरुष तर्फ आर्मी र टिम तर्फ भने गण्डकी प्रदेश अग्र स्थानमा रहेको छ ।
४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाईडिङ क्रस कन्ट्री तर्फको इभेण्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउदै अग्र स्थानमा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका विजय गौतम ९ सय ४८ अंकका साथ दोश्रो स्थानमा रहँदा बागमती प्रदेशका कृष्ण बहादुर सुनुवारले ९ सय २५ अंक बटुल्दै तेश्रो स्थानमा रहेका छन् ।
त्यसै गरी टिम इभेण्ट तर्फ गण्डकी प्रदेशले २ हजार ५ सय ५६ अंक ल्याउदै अग्र स्थानमा रहेको छ । २ हजार १ सय ४८ अंक बटुल्दै आर्मी दोश्रो र १ हजार ५ सय ३३ अंक बटुल्दै तेश्रो स्थानमा रहेको छ ।

कास्कीको नौडाँडा, पँचासे, मेथ्लाङडाँडा, अर्मला लगायतको टाक्स निर्धारण गरिएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । उनका अनुसार उक्त प्रतियोगितामा नेपाल आर्मी, एपिएफ, गण्डकी प्रदेश, प्रदेश नम्बर १, बागमती प्रदेश र कर्णाली प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ४ राउण्ड मध्य ३ राउण्डलाई मान्यता दिइने भएको छ । प्रतियोगितहरु सराङकोटको डाँडाबाट उडान भरी खपौदीमा अवतरण गरेका छन्।

 

 

Related posts