ताजा खबर

नवौँ राष्ट्रिय खेलकुद ःसफ्ट टेनिस सुरु

पोखरा, २९ असोज ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सफ्ट टेनिसका खेलहरु सुरु भएका छन् । पोखरा रंगशालाको टेनिस कोर्टमा पुरुष तथा महिलाका पहिलो चरणका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा महिलातर्फ प्रदेश नं १ की श्रेया राईले सशस्त्र प्रहरीको दीक्षा चौधरीलाई ४–० सेटमा पराजित गरिन् । बागमतीकी जर्जिया चौधरीले प्रदेश नं १ की श्रेया योञ्जनलाई ४–१ सेटमा पराजित गरिन् ।

त्यस्तै लुम्बीनीकी रोसिका पोखरेलले सशस्त्र प्रहरीकी निमाना श्रेष्ठलाई ४–०, लुम्वीनीकै विमला पन्थीले सुदुरपश्चिमकी भावना पनेरुलाई ४–०, प्रदेश नं. १ की रेजिना तामाङले लुम्बीनीकी सुवर्ण चौधरीलाई ४–०, गण्डकीकी अदिती पराजुलीले गण्डकीकै आरुषी तुलाचनलाई ४–१, सुदुरपश्चिमकी अशनी थामीले गण्डकीकी दिलसरा धतीमगरलाई ४–० सेट निकाल्दै उनीहरु बिजयी भए ।

त्यसैगरी गण्डकीकी साल्मी शेरचनले नेपाल पुलिसकी शिसम चन्दलाई ४–२, वाग्मतीकी स्वस्तिका विष्टले प्रदेश नं.१ की याना राजभण्डारीलाई ४–० सेट ल्याई पराजित गरे ।

त्यस्तै पुरुष सिंगलतर्फको पहिलो राउण्डमा ससस्त्र प्रहरीका योगेश भट्टराईले आर्मीका दीपजंग राणलाई ४–०, गण्डकीका धर्मसिंह लामिछानेले ससस्त्रका राजेन्द्र श्रेष्ठलाई ४–०, प्रदेश नं. १ का जयविक्रम रानाले सुदुरपश्चिमका निरुश थारुलाई ४–२, लुम्बीनीका अविशेक झाले गण्डकीका नवराज उपाध्यायलाई ४–१, नेपाल प्रहरीका हरिबहादुर वस्नेतले ससस्त्रका आभाष क्षेत्री थापालाई ४–१, नेपाल प्रहरीका भीमबहादुर मगरले लुम्बीनीका कुमार गिरीलाई ४–१ तथा आर्मीका रामजंग राउतले सुदुरपश्चिमका निरज थापालाई ४–१ सेट निकाल्दै विजयी भएको प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।

त्यस्तै पुरुष सिंगलको सेकेन्ड राउन्डतर्फ बाग्मतीका अभिसेक कार्कीले बागमतीकै दिपेन्द्रराज श्रेष्ठलाई ७–२, प्रदेश नं. १ का युकेश योजकले ससस्त्रका योगेश कुमार भण्डारीलाई ४–२, प्रदेश नं. १ का आशलेष ढकालले प्रदेश नं. १ कै आमास बुढाथोकीलाई ४–१, गण्डकीका धर्म सिंहले सुदुरपश्चिमका रमेश पाण्डेलाई ४–०, १ नं. प्रदेशका आशिष बोहोराले लुम्बीनीका अभिसेक अमन सारुलाई ४–० ल्याई पराजित गरे ।

टाइ अन्र्तगत नेपाल प्रहरीका नरबहादुर गंगेलीले गण्डकी प्रदेशका विष्णु नेपालीलाई १२–९, लुम्बीनीका शिखर थापा मगरले लुम्बीनीकै रोशन केसीलाई ५–११, तथा वाग्मतीका निर्मल स्थापितले गण्डकीका निर्मल मगरलाई ४–३, लुम्बीनीका सुरज चौधरीले १ नं. प्रदेशका जयन्द्रबहादुर रानालाई ४–१, तथा गण्डकीका शक्ति शर्माले नेपाल आर्मीका रामबहादुर नेपालीलाई ४–२, गण्डकीका निर्मल मगरले आर्मीका कुमार तामाङमाथि ८–६ सेट ल्याई पराजित गरेका हुन् ।

 

Related posts