ताजा खबर

पुरुष बास्केटबलमा पुलिसको दोहोरो जित

पोखरा, २९ असोज

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ आज दोस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा आज शनिबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ नेपाल पुलिस क्लबले प्रदेश १ लाई ६६–४४ स्कोरले पराजित गरेको छ । पुलिसलाई जिताउन दिप्सन केसीले सर्वाधिक १६ पोइन्ट ल्याएका थिए ।

त्यस्तै समुह ए तर्फको दोस्रोे खेलमा त्रिभुवन आर्मी क्लवले लुम्बीनी प्रदेशलाई ७६–५३ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन अजय कुशवाल र निश्चल महर्जनले समान स्कोर १२, १२ पोइन्ट ल्याएका थिए । आजनै सम्पन्न समुह बि तर्फको खेलमा एपिएफले गण्डकीलाई ७०–६२ स्कोरले पराजित गरेको छ । एपिएफका मबिन्द्र भण्डारीले सर्वाधिक स्कोर ल्याउन सफल भए । उनले १८ पोइन्ट ल्याए भने यता गण्डकीका कप्तान सुवास गुरुङलाई ५ पटक फल गरेपछि रेफ्रिले खेलबाट बाहिर निकालिएका थिए ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी र नेपाल पुलिसले समान ४, ४ अकंका साथ शिर्ष स्थानमा छन् भने लुम्विनी २ अकंका साथ दोस्रो स्थानमा छ । बागमती र प्रदेश १ ले समान १, १ अकं ल्याएका छन् ।

समुह बि तर्फको दोस्रो खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ७४–५८ स्कोरले पराजित गरेको छ । सुदुर पश्चिमको अनुप रावतले सर्वाधिक स्कोर २० पोइन्ट जोड्न सफल भए । समुह बि अन्तर्गत खेलको अकं तालिकामा गण्डकी, र सुदुरपश्चिम प्रदेशले समान ३, ३ अकंका साथ शिर्ष स्थानमा छन् भने मधेश, कर्णाली र एपिएफले १ ले समान २, २ अकं ल्याएका छन् ।

आज सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए नेपाल पुलिस र शसस्त्र प्रहरी विजयी भएका छन् । पुलिसले प्रदेश नं १ लाई १९–१६ स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई १०–८ स्कोरले पराजित गरेको छ । त्यस्तै आज नै सम्पन्न समुह बि तर्फको खेलमा बागमती प्रदेशले लुम्विनी प्रदेशलाई २१–१२ स्कोरले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा गण्डकीले सुदुर पश्चिम प्रदेशलाई २२–१२ स्कोरले पराजित गरेको छ ।

Related posts