ताजा खबर

भेडा, च्याङ्गमा महानगरको अनुगमन

पोखरा, असोज १३ गते ।

पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा आज भेडा च्याङ्गाको अनुगमन गरिएको छ ।पोखराको याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्याङ्गा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिनुभयो ।

अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न ब्यवसायिलाई जानकारी गराइएको महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताउनुभयो ।उहाँले १५ वटा भेडा, च्याङ्गाको स्याम्पल लिइएको र त्यसबाट स्वस्थ पाइएको र खान योग्य रहेको पाइएको बताउनुभयो ।उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले भेडा च्याङ्गको मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिनुभयो । उहाँले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिनुभयो ।उहाँ मूल्य निर्धारण बैज्ञानिक नभएको बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुरोध गर्नुभयो । पोखरा महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एंव पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियो ।पोखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएको थियोे ।

अनुगमनका मुल्यसुचि नराखेको, ब्यवसाय दर्ता नचएको, दर्ता भएका पसलको नविकरण नभएको र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताउनुभयो । एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको उहाँले बताउनुभयो ।पोखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हो । अनुगमनमा पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Related posts