ताजा खबर

कक्षा १२ मा कास्की टपेका विद्यार्थीलाई विन्ध्यवासिनी क्याम्पसमा सम्मान

पोखरा २१ भदौं

हालै सार्वजनिक कक्षा १२ मा कास्की जिल्लामा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीले थप अध्ययनका लागि पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसलाई रोजेका छन् ।

कक्षा १२ तर्फ व्यवस्थापन संकायमा कास्की मै उत्कृष्ट जिपिए ३.७५ ल्याएका करुणानिधि मा.वि. का साहिल गुरुङ, भारती भवन मा.वि. पुरञ्चौरका सीता सापकोटा र शुशीला नेपालीले विन्ध्यवासिनी क्याम्पसको अवलोकन गरी विविएस अध्ययनका लागि भर्ना भएको क्याम्पसका लेखापाल भीमबहादुर गायकले जानकारी दिनु भयो । वि.सं. २०६६ सालदेखि व्यवस्थापन संकायमा स्नातक तहको कक्षा संंचालन गरेको क्याम्पसले १२ वर्षको अवधिमा उत्कृष्ट नतिजा हासिल गरेको क्याम्पसका सूचना अधिकारी माधव अधिकारी जानकारी दिनुभयो । क्याम्पसको उत्कृष्ट नतिजाका कारण पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्नुका साथै क्याम्पसले विद्यार्थी केन्द्रीत शिक्षालाई थप गुणस्तरीय बनाएको छ । विद्यार्थीको आकर्षण सँगसँगै क्याम्पसले अतिरिक्त क्रियाकलाप तथा शैक्षिक अवलोकन भ्रमणलाई प्राथमिकता दिएको क्याम्पस प्रमुख विजय शर्माले बताउनु भयो ।

यसै बीच नवआगन्तुक कास्की जिल्ला कै उत्कृष्ट विद्यार्थीलाई क्याम्पसले मंगलबार एक कार्यक्रमका बीच स्वागत सहित सम्मान गरेको छ । उनीहरुलाई क्याम्पस प्रमुख विजय शर्मा, प्राध्यापक भोजबहादुर थापा, क्याम्पसका सूचना अधिकारी माधव अधिकारी, क्याम्पस संचालक समितिका सदस्य नवीन अधिकारी र लेखापाल भीमबहादुर गायकले मायाको चिनो सहित अबिर र खादा लगाएर सम्मान गर्नु भयो । कार्यक्रममा बोल्दै उत्कृष्ट विद्यार्थी गुरुङले सरकारी स्तरमा विन्ध्यवासिनी क्याम्पसले छुट्टै इतिहास कायम राखेको बताउँदै आफूले यस अघि निजी स्कुल पढे पनि अहिले यसै क्याम्पसलाई रोजेको बताए । क्याम्पस प्रमुख शर्माले विन्ध्यवासिनी क्याम्पसले गुणस्तरीय शिक्षाका लागि सबै पक्षसँग समन्वय गरेका कारण उत्कृष्ट बनेको बताए ।

क्याम्पसमा नयाँ भर्ना खुले सँगै विविएस अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको बताइएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *