ताजा खबर

नेपालमा आज एकैदिन १४२ जनामा कोरोना पुष्टि

पोखरा २० भदौ ।

पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १६ जना र १ हजार ६९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ७७५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ५२८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ३३३ पुगेका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *