ताजा खबर

तीन तहका सरकारद्धारा पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

पोखरा ५, भदौं

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तीन तहका सरकारले पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय उद्घाटन गरेका छन्। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर आज (आइतबार) सचिवालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारी सहित कार्तिक पहिलो हप्तासम्म उक्त सचिबालय संचालन हुने बताए । कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल पार्न एक जुट हुन मन्त्री गहतराजले निर्देशन समेत दिए । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो ।

३९ बर्ष पछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताउनु भयो । खेलाडी एवं प्रशिक्षकहरुर्
उच्च मनोवलका साथ आफ्नो तयारीमा लाग्न उहाँको आग्रह थियो । पोखराका मेयर धनराज आचार्यले ढिलै भए पनि स्थानिय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताउनु भयो ।

प्रदेशको राजधानि पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।

Related posts