पोखरा १६, कार्तिक
नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका सह—इन्चार्ज एशोदा गुरुङ ९सुवेदी० ले देशमा अझै पनि साम्राज्यबाद र विस्तारबाद बिरुद्धको लडाई नसकिएको बताउनु भएको छ । नेकपा माओबादी केन्द्र पोखरा ९ को वडा कमिटिले मंगलबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सह—इन्चार्ज सुवेदीले देशमा अझै साम्राज्यबाद र विस्तारबाद बिरुद्धको लडाई नसकिएको दाबी गर्नु भएको हो ।
नयाँ जनबादी कान्क्रि पूरा गरे पनि संविधान प्रद्धत्त हकअधिकार कान्वयन गर्ने समयमा हाल साम्राज्यबादी र विस्तारबादीहरुको गिद्धेनजर लाग्न थालेको उहाँको आरोप थियो । उनीहरु बिरुद्ध एक भई साम्राज्यबाद र विस्तारबादको पर्दाफास गरी राष्ट्रिय स्वाभिमान तथा आत्म निर्भर अर्थतन्त्रमा जानु पर्ने आजको आवश्यकता रहेको सह—इन्चार्ज सुवेदीले बताउनु भयो । आधारभूत नयाँ ढंगले माओबादी पाटीलाई तलबाट सुदृण गर्नुपर्ने उहाँको भनाई थियो । सांस्कृतिक र परम्परागत संस्कारले हामीलाई थप उर्जा दिने सह—इन्चार्ज सुवेदीले विश्वास व्यक्त गर्नु भयो ।
पार्टी भित्र हुने गुट र उपगुटले पार्टीलाई समेत ठुलो असर पार्ने मन्त्री बराले बताउनु भयो । कसैको फुर्को समायर माथि पुग्न खोज्नु गलत प्रबृत्ति भएको उहाँले दाबी गर्नु भयो । माओबादी सवै प्रचण्डमै केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । माओबादी नेता डिल्लीराम ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा माओबादी वडा कमिटि पोखरा ९ का अध्यक्ष बम बहादुर कार्की, सचिव दुर्गा वि।क।, सदस्य राम बहादुर वयलकोटी लगायतले वोलेका थिए । नेपालीहरुको महान चार्ड शुभ दीपावली, नेपाल संवद, छठ लगायतका पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तमु धिँको परिसरमा सम्पन्न भएको हो । पूर्णीमा सांस्कृतिक समुहका कलाकारहरुले सांस्कृतिक कार्यक्रमको रुपमा देउँसी भैलो समेत प्रर्दशन गरेका थिए ।