भरतपोखरी÷निर्मलपोखरीमा पानी परिक्षण गर्न प्रयोगशाला स्थापना गर्न पहल गर्छुः मन्त्री बराल

पोखरा १३, कार्तिक

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २१ र ३३ मा पर्ने भरतपोखरी÷निर्मलपोखरीमा पानी परिक्षणको लागि प्रयोगशाला स्थापना गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी आयोजना उपभोक्ता संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारण सभा तथा अधिवेसनको उद्घाटन गर्दै मन्त्री बरालले उक्त क्षेत्रमा तत्काल पानी परिक्षण गर्न स्थानियको माग भएकोले उक्त माग पुरा गर्न आफु कटिवद्ध भएको बताउनु भएको हो ।

पिउने पानीको समस्या समाधान गर्न संघिय सरकार र पोखरा महानगरको ध्यान केन्द्रित भएको अबस्थामा अब सुद्धपानी उपलब्ध गराउने गरी प्रयोगशाला र बिद्युतबाट लिफ्टिङ खानेपानीको शुल्कः ५० प्रतिशत सहुलियत दिने बिषयमा समेत पहल गर्ने मन्त्री बरालले जनाउनु भयो । स्थानियको माग अनुसार सहिद विजय ढकाल र स्वंं रविन्द्र अधिकारीको स्मृतिमा स्मृति पार्क बनाउने बिषयमा समेत आवश्यक प्रकृया अघि बढाउन मन्त्री बरालले स्थानियलाई सुझाव दिनु भयो । एकतामा सबै भन्दा मजबुत दागत हुने दाबी गर्दै मन्त्री बरालले देशमा हाल राजनीतिको जटिल परिस्थितीमा देश पुगेको बिष्लेषण गर्नु भयो ।

संघिय खानेपानी तथा ढल व्यबस्थापन विभागका केन्द्रिय खानेपानी आयोजनाका प्रमुख चक्रपाणि आचार्यले उक्त क्षेत्रमा अब सम्रग खानेपानी परियोेजनालाई समेटेर टेण्डर गर्ने बताउनु भयो । अब कम्तिमा २० बर्ष पानीको समस्या नहुने गरी आयोजना पुरा गर्न सवैको सहयोग आवश्यक भएको उहाँले बताउनु भयो । खानेपानीका अधुरा काम पुरा गरी बाँकी रहेको खानेपानी परियोजनालाई पुरा गर्न डिपिआर गर्ने प्रमुख आचार्यले जनाउनु भयो । संघिय खानेपानी तथा ढल व्यबस्थापन कार्यालय पोखराका वाल मुकुन्द श्रेष्ठले ट्याकी निर्माण सहितका बाँकी काम अब तत्काल सुरु हुने दाबी गर्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवं कास्कीका अध्यक्ष धनराज आचार्य, पोखरा ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य, नेपाली कागेंसका नेता केवल गिरी, एमालेका नेता दीपक लामिछाने, माओबादी केन्द्रका नेता पूर्णदिप सिग्देल, जनता समाजवादी पार्टीका नेता एवं सल्लाहकार हेम बहादुर थापा, आयोजनाका सल्लाहकार मनोहर आचार्य, राजेन्द्र पौडेल, दीपक सुवेदी, प्रकाश पौडेल, स्थानिय बिष्णु आचार्य, खड्ग हमाल, मुक्ति पौडेल, आयोजनाको अनुगमन समितिका सदस्य भरत भट्टराई, सचिव नारायण बहादुर केसी, कोषाध्यक्ष देवी माया अधिकारी लगायतले वोलेका थिए ।

उक्त आयोजना सम्पन्न गराउन स्थानियको २० प्रतिशत लगानी गर्न नसक्ने अबस्थामा रहेको संस्थाका अध्यक्ष दाताराम शर्माले बताए । स्थानियको आय स्तर न्यून भएकोले उक्त रकम जोहो गर्न स्थानियलाई कठिन हुने भएको उहाँले बताउनु भयो । ५६ किलोमिटर टाडाबाट खानेपानीको व्यबस्थापन गर्नुपर्ने संस्थालाई अर्को चुनौती रहेको उपाध्यक्ष शिवराज आचार्यले बताए । करिब ४ बर्ष अघि यस क्षेत्रमा २ हजार २ सय ६० घर धुरीमा धारा जडान गर्ने योजना अघि बढेसंगै हाल सो क्षेत्रमा हाल ३ हजार ४ सय जना घर धुरीबाट पानीको माग आएको उहाँले बताउनु भयो । स्थानियले सुरुमा उक्त पानीको धारा जडान गर्दा हाल १६ हजार रुपैया शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ ।

पोखरा २१ र ३३ स्थित भरतपोखरी कृस्ती निर्मलपोखरी क्षेत्रमा करिब ५ हजार घर धुरीमा पुग्ने पिउने पानी उपलब्ध गराउन करिब एक अर्ब लगानी हुने आचार्यले जनाए । संस्थाले ५० हजार देखि ५ लाख लिटर क्षमताका २५ वटा पानी ट्याङकी निर्माण गर्दै छ । खानेपानी परियोजना हालसम्म करिब ८० प्रतिशत मात्र पुरा भएको उपाध्यक्ष आचार्यले जनाए ।

 

Related posts