ताजा खबर

पोखरा ५ का सामुदायिक विद्यालयलाई अभिभावक प्रोत्साहन स्वरुप स्टेशनरी, पाठ्यपुस्तक प्रदान गरिने

पोखरा, ४ कार्तिक ।

पोखरा महानगरपालिका वडा नं. ५ वडा शिक्षा समितिको बैठक समितिका अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले पोखरा ५ भुगोल भित्र रहेका सामुदायिक एवं निजी संस्थागत विद्यालयको शैक्षिक सत्र २०७७ को प्रगति विवरण २०७८ कार्तिक १५ गतेभित्र पेश गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

यस निर्णयबाट विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष विद्यालयसँग गाढा सम्बन्ध जोड्ने र विद्यार्थीलाई पढाईमा प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

यसैगरी अभिभावक नभएका, अपाङ्ग, उत्पीडित समुदाय, आर्थिक स्तर कमजोर भएका परिवारका ९ जना बालबच्चाहरुलाई विद्यालय भर्ना, डे«स एवं स्टेशनरी वितरण गरेको र त्यस्ता विद्यार्थीलाई निरन्तर सहयोग गर्ने निर्णय समेत गरेको छ ।

Related posts