ताजा खबर

महानगर प्रमुखलाई भेट्नु भयो एमाले महासचिव पोखरेलले

पोखरा, ३ कात्तिक

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिनुभएको छ ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आउनुभएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको हो ।

मंगलबार दिउँसो पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उहाँको निवास पुग्नु भएको हो । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नु भएको थियो ।

 

Related posts