ताजा खबर

शुक्रबार हुने नेशनल गण्डकी म्युजिक अवार्डको तयारी पुरा

पोखरा ३ कार्तिक

कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो ।

उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाए । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक रहनुभएको छ .

लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायिका कोइरालालाई

नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८ मा वितरण गरिने लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको आयोजक पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जेष्ठ कलाकार सम्मान र रगं पत्रकार सम्मान कार्यक्रम समेत गरिने उहाँको भनाई छ ।

यो वर्ष पहिलो अबार्ड भएको हुँदा केही बर्ष अगाडिका गीत समेतले नोमिनेशसन फाराम भर्न सक्ने व्यवस्था गरिएको भएपनि अर्को वर्षबाट भने एक वर्ष भित्रका गीतले मात्र सहभागीता जनाउन पाउने गरेर अवार्ड वितरण गरिने प्रबन्ध निर्देशक गौतमले बताउनुभयो । ‘नेपाली कला संस्कृतीको क्षेत्रमा क्रियाशिल प्रतिभालाई थप उर्जाशिल बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएका हो’ गौतमले सुनाउनुभयो ।

यसपाली चलचित्र विधालाई समेट्न नसकेपनि अर्को वर्ष थप्दै जाने गौतमले बताउनुभयो । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौ, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौ’ गौतमले भन्नुभयो ।

जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्नेगरी आफूहरुले कार्य गर्ने बताउनुभयो । ‘कोरोनाले थलिएको विषम परिस्थितीमा पनि अवार्ड कार्यक्रम गर्ने आट गर्नु सुन्दर पक्ष हो, यस्ले कलाकारलाई उर्जा थप्नेछ’ श्रापितले भन्नुभयो ।

अवार्ड वितरण कार्यक्रम आगामी कार्तिक ५ गते दिउँसो २ बजे पोखरा उद्योग वाणिज्य संघको हलमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा हुने तय भएको आयोजकले जनाए

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *