ताजा खबर

हेमजामा सवारीको ठक्करबाट एक जनाको मृत्यु

पोखरा १, कार्तिक

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा स्थित शान्ति चोकमा एक निजी कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री म्याग्दी घर भएका हाल हेमजा बस्दै आएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भई रहेको छ ।

यसैबिच, हेमजामा करिब १२ किलोमिटर सडक मध्यपहाडी लोकमार्ग अन्र्तगत ६ लेनको सडक निर्माण भएसंगै उक्त क्षेत्रमा सडक दुर्घटना समेत बढेको पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष शोभाकर तिमिल्सिनाले बताए । उनका अनुसार पछिल्लो समयमा उक्त क्षेत्रमा ३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *