ताजा खबर

हेमजाका किसानको २० हजार किलो आलुको बिउ कुहियो, स्थानिय किसान मर्कामा

पोखरा २८, असोज

पोखरा २५ स्थित हेमजाका किसानहरुको आलुको बिउ केहिएसंगै स्थानिय किसानहरु यति वेला चिन्तित भएका छन्। धान थन्कायसंगै अब एक महिनामै आलु लगाउने तयारी गरेका स्थानिय किसानले स्थानिय रुपमा स्टोर गरेर राखेको आलुको बिउ कुहिएसंगै आफुहरु निकै मर्कामा परेको एक स्थानिय किसान सागर लुइटेलले गुनासो गरे ।

हेमजा सुइखेतका लुईटेलले करिब ५५ केजीको एक बोरा मात्र आलुको विउ राखे पनि हाल उनको उक्त विउ कुहिएको अबस्थामा रहेको उनले जनाए । उनी जस्ता सयौं किसानको आलुको बियु कुहिएकोले अब आलु लगाउदा आफुहरुलाई बिउकै समस्या हुने भएको किसानले गुनासोसंगै चिन्क्ता व्यक्त गरेका छन्।

स्थानिय गंगा तिमिल्सिनाको घरको दुई कोठामा अस्थायी रुपमा बनाइएको कोल्ड स्टोरमा स्थानिय किसानले दुई वटा सहकारीको समेत गरेर ४ सय वोरा अर्थात २० हजार भन्दा बढी आलु स्टोर गरेर राखे पनि प्राविधिक कारणले गर्दा हाल सवै आलु कुहिएको तिमिल्सिनाले बताए । गत असार १५ गतेसम्म आलु ठिकै अबस्थामा रहे पछि हेमजाको मध्यपहाडी लोकमार्गको सडक छेउछाउमा बिजुलीको पोलहरु फेर्दा दुई दिनसम्म लाइन बिद्युत आपुर्ति बन्द भएकोले गर्दा त्यसको असर आलुमा पर्न गएको हुन सक्ने तिमिल्सिनाले बताए ।

आफुले स्थानिय किसानको आलुको बिउ संरक्षण गर्ने उद्धेश्यले एसी सहितको भौतिक पूर्वाधार निर्माणमा करिब २२ लाख लगानी गरेर आलु स्टोर गरे पनि बिद्यूत आपुर्तिमा समस्या भएकोले गर्दा किसानसंगै आफ्नो व्यत्तिगत रुपमा करिब २२ लाख क्षति भएको तिमिल्सिनाले जनाए । तिमिल्सिनाको दुई वटा कोठामा स्थानिय कालिका सहकारी र देविस्थान सहकारीले मुख्य गरी आलु स्टोर गरेका थिए ।

Related posts