पोखरा , २८ असोज
भरत पोखरी बिकास मन्चको शुभकामना आदान प्रदान
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बहुबर्सिय रणनीतिक महत्वका आयोजना प्रदेश सरकारले नकाटेको बताउनु भएको छ । पोखरा, ३३ भरतपोखरी स्थित भरत पोखरी बिकास मन्चले विहिबार आयोजना गरेको बिजया दशमी, तिहार, छठ ,नेपाल सम्बत ११४२ को अबशरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले प्रदेश सरकारको बहुबर्षिय योजनालाई हाल नकाटेको अनुसुचिमा राखिएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो“ अघिल्लो सरकारको स्वामित्व हामीले लिनुपर्छ, क्रमागत बहुबर्षीय योजनाहरुले धेरै दाहित्व बढेकोले गर्दा चाहेर पनि केही योजनाहरु अनुसुचिमा राखिएको छ, बजेटको सुनिश्चित हुनसाथ बहुबर्षीय योजनालाई हामीले प्रथामिकता दिन्छौं । ” कार्यक्रममा मन्त्री बरालले सामाजिक न्याय सहितको बिकास आजको आबश्यकता भएको दाबी गर्नु भयो । नेपाली समाजको मोडल अनुसारको भौतिक बिकासमा जिड दिनुपर्ने बताउदै मन्त्री बरालले प्रदेसका बहुबर्षिय आयोजनाका कार्यक्रम काटिएको नभएर अनुसुचिमा राखिएको जनाउनु भयो । एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा प्रधानमन्त्री शेरबहादुर देउवा प्रगतिशील भएको मन्त्री बरालको भनाई थियो । यो सरकार संविधान रक्षाको लागि बनेको हुदा, यसलाई कसैले पनि अपबित्र गठबन्धन भनेर नबुझ्न मन्त्री बरालले आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका युबा नेता रश्मि आचार्यले बाताबरण मैत्री विकास गर्नुपर्ने बताउनु भयो । बिकासले बिनास निम्त्याउन नहुने बताउनु भएको उहाँले विकासको लागि एक हुन आग्रह गर्नु भयो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी कास्किका अध्यक्ष धनराज आचार्यले बिकास सबैको साझा भएको उल्लेख गर्दै विकासका मुद्धामा सवै एक हुनुपर्ने बताउनु भयो ।
उक्त अवसरमा भरत पोखरिबाट बिश्व बिध्यालयका विभिन्न परीक्षाहरुमा उत्कृस्टता हासिल गर्ने बिद्यार्थिहरु प्रजिता कडेल ,सुशील तिवारी ,नम्रता काफ्ले, लायन्स क्लब अफ ईन्टरनेसनल ३२५ बि १ का गर्भनर बिशेश्वर आचार्र्य ,ज्योतिष पिताम्बर पौडेल र साहित्यकार जीवन सागर भण्डारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा सरस्वती टीका माबि ब्यबस्थापन समितिका अध्यक्ष रिशिराज आचार्य ,मंचका सल्लाहकारद्वय हेम प्रसाद थापा ,केशर प्रसाद निर्दोसी ,भरत पोखरी बचत तथा सहकारिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी , पोखरा ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य ,गुप्तेश्वर महादेब गुफा ब्यबस्थापन समितीका अध्यक्ष बिष्णु प्रसाद पौडेल ,लायन्स क्लब अफ ईन्टरनेसनल ३२५ बि १ का गर्भनर बिशेश्वर आचार्य ,पत्रकार रामजी प्रसाद लम्साल ,नेपाली काङ्ग्रेसका
युबा नेता बिजयराज आचार्य लगाएतले बोल्नु भएको थियो । मंचका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बिजय भण्डारी , संचालन सचिब राम प्रसाद ढकालले गर्नु भएको थियो ।